१७ नेपालीको शव ल्याउन मलेसिया जाँदै नेपाल एयरलाइन्सको विमान « Khabarhub

१७ नेपालीको शव ल्याउन मलेसिया जाँदै नेपाल एयरलाइन्सको विमान


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १७ नेपालीको शव ल्याउन नेपाल एयरलाइन्सको विमान आज राति मलेसिया जाने भएको छ । शव ल्याउन नेपाल वायुसेवा निगमको जहाज आज राति ११ बजे मलेसिया जाने भएको हो ।

क्वालालम्पुरबाट शव लिएर वाइडबडी जहाज शनिबार बिहान काठमाडौं फर्किने जनाइएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको शव ल्याउन लागेको जनाएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएर विभिन्न कारणले मृत्मु भएकाहरुको शव ल्याउन लागिएको हो । नेपाल एयरलाइन्सको वाइड बडी ए३३० जहाज शव लिनका लागि मलेसिया आज राति उड्न लागेको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले बताइन्।

उनले भनिन, ‘निगम राष्ट्रिय ध्वजाबाहक भएको नाताले मुनाफा वा फाइदा मात्रै हेर्न मिल्दैन, हामी नागरिकको सेवा सुविधा एवं सामाजिक उत्तरदायित्व बहन गर्न पनि उत्तिकै जिम्मेवार र प्रतिबद्ध हुनुपर्छ र छौँ।’

निगमले दुई वर्षअघि अफगानिस्तानबाट पनि नेपालीको शव ल्याएको थियो। निगमले कोभिड–१९ महामारीको सङ्क्रमणमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध गरिएको अवस्थामा पनि उद्धार उडान तथा कोभिडका औषधिजन्य सामग्री ल्याउन महत्वपूर्ण भूमिका खेलेको थियो।

 

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ५ : ४५ बजे

चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन– चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी

बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण

बगदाद – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरमा गएराति पुनः

डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

चितवन– डिभिजन वन कार्यालय चितवनले डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

९ करोडको लागतमा फलेवास नगरपालिका भवन निर्माण

पर्वत– सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय