कसरी हुन्छ पत्थरी ?  यस्तो छ घरेलु उपचार विधि | Khabarhub Khabarhub

कसरी हुन्छ पत्थरी ?  यस्तो छ घरेलु उपचार विधि


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मूत्राशय (मूत्रनली) मा रहेको वायुले मूत्राशयको वीर्य, मूत्र, पित्त र कफलाई सुकाएर क्रम–क्रमबाट पत्थरीलाई उत्पन्न गर्दछ ।

जसरी गौको हृदय (पित्त) अन्तःस्थलमा गोरोचन बढ्दछ, त्यसरी नै मनुष्यको पत्थरी बढ्दछ । यो तीनै दोषहरुको प्रकोपबाट हुन्छ, एकबाट मात्र होइन । यो रोग वात, पित्त, कफ र वीर्यावरोधबाट उत्पन्न हुन्छ, यससँग कफको संसर्ग सदैव बनिरहन्छ ।

घरेलु उपचार

१.    पेठो (कुभिण्डो) को रसमा हिङ र जवाखार हालेर पिउनाले पत्थरी ठीक हुन्छ ।

२.    ८ ग्राम गोरखुको चूर्ण, मह र भेडाको दूधसँग खानाले पत्थरी ठीक हुन्छ ।

३.    अदुवाको रस, जवाखार, हर्रोको बोक्रा र मलयगिरी चन्दनको घोल पिउनाले पत्थरी नष्ट हुन्छ ।

४.    २० ग्राम बेसारको चूर्ण र ३६० ग्राम सखरमा दैनिक १ ग्रामको मात्रा लिएर कान्जीसँग पिउनाले पत्थरी ठीक हुन्छ ।

५.    सोंचर नुन, मह, दूध र तिल, मदिरामा हालेर तीन दिनसम्म पिउनाले पत्थरी ठीक हुन्छ ।

६.    ८ ग्राम तिल र २० ग्राम मह, दूधमा हालेर पन्ध्र दिनसम्म पिउनाले पत्थरी ठीक हुन्छ ।

७.    मजीठा, जीरा, सुपको दाना, अमला, बयरको बीउ, शुद्ध अमलासार, गन्धक र शुद्ध मैनसिल— यी सबैको ८ ग्राम चूर्ण दैनिक महसँग खानाले पत्थरी ठीक हुन्छ ।

साभारः घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ५ : ५९ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई