यस्तो छ मरिचको औषधीय गुण « Khabarhub

यस्तो छ मरिचको औषधीय गुण


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँमरिचलाई भान्साको एउटा महत्वपूर्ण मसलाको रुपमा लिइन्छ । यसलाई ‘एन्टिसेप्टिक’ को रूपमा उपयोग गर्नुबाहेक हैजा र ब्रोङ्काइटिसको उपचारमा समेत प्रयोग गरिन्छ ।

मरिचले शरीरको बोसो घटाउन मद्दत गर्ने ताइवानमा गरिएको एउटा अनुसन्धानले देखाएको छ । एग्रिकल्चर एन्ड फुड केमेष्ट्रिले मरिचबाट शरीरको बोसो घटेको अनुसन्धान रिपोर्ट प्रकाशित भएको हो ।

मरिचमा पाइने रसायन कैप्सेसिनले बोसोको कोषलाई आफैँ नष्ट गर्न बाध्य पार्छ । यसैकारण मरिच तीक्ष्ण स्वादको र सुगन्धित हुने गरेको हो ।

मरिचले शरीरको मेटाबोलिक दर बढाउँछ । यो दर बढ्नाले तौलमा कमी आउँछ । अर्थात् तौल घटाउने अन्य उपायसँगै खानामा मरिचको प्रयोगले सकारात्मक परिणाम दिन्छ ।

यसअघि गरिएका केही अध्ययनअनुसार मिरचले प्रोस्टेट र प्याङ्क्रियाजको क्यान्सर कोषलाई आफैँ नष्ट हुने दिसातर्फ मोड्ने गरेको छ । यसले शरीरमा अम्लको उत्पादन रोकेर अल्कालीको स्तर बढाउँछ ।

अल्काली यस्तो अकार्बनिक (इन आर्गेनिक) यौगिक हो जसले अम्लको गतिविधि नियन्त्रित गर्छ । पेटका कोषहरूमा रगतको बहाव बढाउँछ । अनुसन्धानअनुसार जुन मुलुकमा मरिचको उपयोग बढी हुन्छ, त्यहाँ पेटको रोग र ग्याष्ट्रिक अल्सरको समस्या कम पाउने गरिएको छ । मरिचमा एन्टिइन्फ्लामेन्टरी (सुन्निने कम गर्ने) क्षमता समेत हुने गरेको छ ।

साभारः घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ६ : २५ बजे

२४ घण्टाभित्र इरानका दुई सय बढी ठाउँमा हमला

जेरुसेलम– इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य इरानका

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौं महानगर

काठमाडौं– सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौं

ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई आप्रवासी कामदारको मृत्यु

मुस्काट- ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई जनाको ज्यान गएको छ

घर फर्किने क्रममा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

खलङ्गा– दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक

काठले च्यापिएर एक जनाको मृत्यु

त्रिवेणी– जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक