महाशिवरात्रिमा साधुसन्तको स्वागत सत्कारको तयारी « Khabarhub

महाशिवरात्रिमा साधुसन्तको स्वागत सत्कारको तयारी


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको तयारी शुरु गरेको छ ।

तयारीस्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८०० किलो दाउराको व्यवस्था गरिएको छ ।

पशुपतिनाथ दर्शनका लागि आउने साधु सन्तको स्तरअनुसार दक्षिणा दिन केन्द्रीय कार्यालयमा बजेट माग गरी पत्र पठाइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले बताइन् ।

यस वर्ष रु ९५१, रु ७५१, रु ५५१, रु ३५१, रु २५१ र रु १५१ गरी छ वर्गमा स्तरअनुसार साधुसन्तलाई दक्षिणा दिने संस्थानको तयारी छ । सोका लागि केन्द्रीय कार्यालयसँग रु २८ लाख ६५ हजार ३७६ माग गरिएको छ ।

साधुसन्तलाई राममन्दिर, अन्नपूर्ण भण्डार, गोरखनाथ मन्दिरलगायत स्थानमा राख्ने तयारी गरिएको छ । नागा बाबालाई भने पशुपतिनाथको मूल मन्दिरभित्र नै बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गरिन्छ ।

संस्थानले साधुसन्तलाई फागुन कृष्ण एकादशीदेखि औँसीसम्म खाने, बस्ने र धुनी जगाउने व्यवस्था गर्ने परम्परा छ ।

औँसीका दिन दक्षिणासहित बिदा गरिन्छ । यस वर्ष फागुन २७ गते महाशिवरात्रि पर्व परेको छ । साधुसन्तलाई फागुन २५ गते फागुनकृष्ण एकादशीदेखि फागुन २९ गते औँसीसम्म आवासीय व्यवस्था गर्ने गरिन्छ ।

कोरोना महामारीका कारण यस वर्ष विगतमा भन्दा कम साधुसन्त आउने अनुमान गरिएको छ । पशुपति क्षेत्र विकास कोष स्थापना हुनुअघिदेखि संस्थानले महाशिवरात्रिमा साधुसन्तको व्यवस्थापन गर्ने गरेको थियो ।

कोष स्थापनापछि यसले पनि थप सहयोग गर्ने गरेको छ । महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्त एवं भक्तजन सबैले नाथको दर्शन गर्न पाउने गरी तयारी गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १ : ३८ बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा

‘फ्लोरा एक्स्पो’मा एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा

सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रे– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा सडक