‘आदिपुरुष’मा प्रभाषको यस्तो रुप « Khabarhub

‘आदिपुरुष’मा प्रभाषको यस्तो रुप


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– दक्षिण भारतीय स्टार प्रभाष यतिबेला ओम राउत निर्देशित फिल्म ‘आदिपुरुष’को काममा व्यस्त छन् । यो फिल्ममा अभिनेता सैफ अली खान भिलेन चरित्रमा देखिदैछन् ।

बलिउड ‌हंगामामा प्रकाशित समाचारअनुसार ‘रामायण’मा आधारित फिल्ममा प्रभाषले आदिपुरुषको भूमिका निर्वाह गर्नेछन् । जहाँ अभिनेत्री कृति सेनन सीता बन्नेछिन् भने सैफ रावण हुनेछन् । फिल्ममा सनी सिंह निजरको पनि अभिनय रहनेछ । तर उनको भूमिका खुलाइएको छैन ।

यहीबीच प्रभाषको ‘आदिपुरुष’ लुक्सको तस्वीर ट्वीटरमा सार्वजनिक भएको छ । फिल्म युनिटले नै सार्वजनिक गरेको तस्वीरपछि फ्यानमा कौतुहलता जागेको छ ।

तस्वीरमा प्रभाषले क्याजुअल पहिरनमा चस्मा लगाएका छन् । यो लुक्सलाई उनका फ्यानले सामाजिक सञ्जालमा भाइरल बनाएका छन् । प्रभाषले हालैमात्र फिल्म ‘राधे श्याम’को सुटिङ पुरा गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ३ : ५० बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय