जुम्लामा प्रभु बैंकको शाखा कार्यालय सञ्चालन « Khabarhub

जुम्लामा प्रभु बैंकको शाखा कार्यालय सञ्चालन


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा फागुन १० देखि जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ०६ मा २१३ औँ शाखा खोली सञ्चालनमा ल्याएको छ।

बैंकको जुम्लामा शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि चन्दननाथ नगरपालिकी मेयर कान्तिका सेजुवालले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरूमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताइन्।

यसै गरी, प्रभुको अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको र समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरिन्।

बैंकको जुम्ला शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा सङ्घ संस्थाहरूले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने छन्। र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्धि भई स्थानीय स्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ्ग प्रणालीमा प्रवेश गर्नेछ।

साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा जुम्ला शाखा कार्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ३ : १२ बजे

व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू

काठमाडौं – अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढै रहन

विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला