तीन महिनामा १९ चिनियाँसहित ४० जना नागरिकलाई देश निकाला | Khabarhub Khabarhub

तीन महिनामा १९ चिनियाँसहित ४० जना नागरिकलाई देश निकाला


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले चालु आर्थिक वर्ष २०७७/७८ को पछिल्लो तीन महिनामा १९ चिनियाँसहित ४० जना विदेशीलाई निष्कासन गरेको छ ।

अध्यागमन विभागका अनुसार मानव बेचबिखन र संगठित अपराध, लागूऔषध, ओभरस्टे, खोटाचलन /अन्य कसुरमा उनीहरुलाई नेपालबाट निष्कासन गरिएको हो ।

विभागका अनुसार कात्तिकदेखि पुससम्ममा १३ जनालाई ओभरस्टे, ३ जनालाई मानव बेचबिखन र संगठित अपराध तथा ३ जनालाई अन्य कसुरमा निकाला गरिएको हो । तीमध्ये सबैभन्दा धेरै चिनियाँ छन् ।

त्यस्तै अमेरिकाका ४, अस्ट्रेलिया, पाकिस्तान, फ्रान्स यमनका २/२, जोर्डन, बंगलादेश, ब्राजिल, भियतनाम, मलेसिया, इस्टोनिया, कंगो, मौरिसस र रोमानियाका १/१ नागरिकलाई निकाला गरिएको हो ।

उक्त अवधिमा ओभरस्टेका कारणले मात्र २७ जना विदेशी निकालामा परेको विभागले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ६ : २६ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको