भागरथी हत्या आरोपी दिनेशमाथि अनुसन्धानका लागि पुनः ५ दिनको म्याद थप « Khabarhub

भागरथी हत्या आरोपी दिनेशमाथि अनुसन्धानका लागि पुनः ५ दिनको म्याद थप


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- भागरथी हत्या आरोपी किशोर दिनेश भट्टमाथि अनुसन्धानका लागि पुनः ५ दिनको म्याद थप गरिएको छ ।

हत्यामा संलग्नता रहेको आरोपमा गत बुधबार प्रहरीले सार्वजनिक गरेका दिनेशमाथि अनुसन्धानका लागि जिल्ला अदालत बैतडीले ५ दिनको म्याद दिएको थियो ।

उक्त म्याद सकिएपछि पुनः थप ५ दिनको अनुमति लिएर अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बुधबार नै भागरथीका दाजु शंकर भट्टले दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारबाहीका लागि जाहेरी दर्ता गरेका थिए।

गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको लवलेक जंगलमा उनको शव बीभत्स अवस्थामा भेटिएको थियो।

त्यसपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा उक्त घटनामा दिनेशको संलग्नता रहेको भन्दै गत बुधबार सार्वजनिक गरेको थियो।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ७ : ०१ बजे

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ

५०० करोड कमाउने ‘दृश्यम’को यात्रा तेस्रो भागमै टुंगिने, किन चाहँदैनन् निर्देशक चौथो सिक्वेल?

काठमाडौं– बलिउड अभिनेता अजय देवगन अभिनीत ‘दृश्यम ३: द कन्क्लुजन’ले

दुई महिनामा झण्डै साढे ४ खर्ब भित्रियो रेमिट्यान्स

काठमाडौँ– चालु आर्थिक वर्षको दुई महिनामा नेपालमा झण्डै ४ खर्ब

पोखरा विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली जडान प्रक्रिया अघि बढ्यो

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण