बाँकेको कुसुमबाट चितुवाको छालासहित तीन पक्राउ « Khabarhub

बाँकेको कुसुमबाट चितुवाको छालासहित तीन पक्राउ


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको कसुमबाट चितुवाको छालासहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सल्यान बाघचौर नगरपालिका—३ का जीतबहादुर डिसी, कुमाख गाउँपालिका—७ का कमल डिसी र हिमेन्द्र वली रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

जिल्लाको राप्तीसोनारी गाउँपालिकाको वडा एरिया हुँदै चितुवाको छाला अवैधरुपमा ओसारपोसार भइरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले केही दिनदेखि त्यस क्षेत्रमा चेकजाँचमा कडाइ गरेको थियो ।

कुसुमस्थित सडकखण्डमा शङ्कास्पदरुपमा हिँडिरहेका व्यक्तिहरुलाई आज खानतलासी गर्ने क्रममा चितुवाको छालासहितको झोला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

खानतलासीका क्रममा जीतबहादुरले बोकेको कालो रङ्गको झोलाभित्र दुई थान चितुवाको छाला बरामद भएको प्रहरी उपरीक्षक रानाले बताए ।

पक्राउ परेकाहरु वन्यजन्तुका छाला तथा अङ्ग खरीद बिक्री गर्ने कारोबारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ । उनका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिम उनीहरुलाई रु एक लाखदेखि रु २५ लाखसम्म जरिवाना र एक वर्षदेखि १० वर्षसम्म कैद सजाय हुन सक्ने कानूनी व्यवस्था छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १० : ४३ बजे

पर्वतीय तथा महासागरीय पारिस्थितिकी तन्त्रको संरक्षणका लागि आईपीयूमा डाक्टर शाक्यको प्रस्तावना पारित

काठमाडौं, अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १५२ औं महासभाले ‘पर्वतीय तथा

यान्त्रिक अवस्था ठिक नभएका र मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडी कारबाहीमा

काठमाडौँ- काठमाडौँको थली (मूलपानी क्रिकेट ग्राउण्ड) नजिक आज गरिएको विशेष

एमाले नेता कर्ण मल्लविरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता

काठमाडौं– नेकपा एमाले कर्णाली प्रदेश कमिटीमा सक्रिय नेता कर्ण मल्लविरुद्ध

यूएईसँग टियू मैदानमै पराजित भयो नेपाल

काठमाडौँ- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेलमा नेपाल

कांग्रेसले कान्छराम तामाङलाई सोध्यो ३ दिने स्पष्टीकरण

काठमाडौं – नेपाली कांग्रेसले जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङ