बालविवाह न्यूनीकरणका लागि कार्ययोजना « Khabarhub

बालविवाह न्यूनीकरणका लागि कार्ययोजना


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दियामा बालविवाह न्यूनीकरणका लागि कार्ययोजना निर्माण थालिएको छ । प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले बर्दियाका आठवटै पालिकामा रहेका ४० माध्यमिक विद्यालयमा कार्ययोजना निर्माण थालेको हो । कार्ययोजना निर्माण गर्न क्लबले विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम शुरु गरेको छ ।

माध्यमिक तहमा अध्ययनरत धेरै किशोर किशोरी बालविवाहको सिकार हुने गरेकाले विद्यालयबाट नै बालविवाहविरुद्ध अभियान सञ्चालन गर्न विद्यालयका अतिरिक्त क्रियाकलामा समावेश गर्न कार्ययोजना बनाउन अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको फिल्ड सुपरभाइजर डम्मरबहादुर परियारले जानकारी दिए ।

कार्ययोजनामा बालविवाहविरुद्ध विद्यार्थीको हस्ताक्षर अभियान सञ्चालन गर्ने, वक्तृत्वकला प्रतियोगिता, चिठी लेखन, निबन्ध प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा विद्यालयमा बालसंरक्षण नीति तयार गर्ने योजना समावेश गरिएको त्रिभुवन मावि कौराका प्रधानाध्यापक दामोदर पौडलले बताए ।

विद्यालयमा तयार गरिएको योजनालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने र विद्यालयमा बालमैत्री शिक्षणलाई लागू गरिने उनको भनाइ छ । बालविवाह समाजमा व्याप्त रहेका भएता पनि कानूनी प्रक्रिया नजाउदा तथ्याङ्क एकिन गर्न भने सकिएको छैन । एक अध्ययनअनुसार सामाजिक सञ्जालको माध्यमबाट २० प्रतिशत, आफूखुशी ११ प्रतिशत र अभिभावकको करकापबाट २६ प्रतिशत बालबालिकाले विवाह गर्ने गरेको पाइएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १ : ५९ बजे

रास्वपाको निर्णय : मन्त्रीहरूले महिनाको एक पटक पार्टी कार्यालयमा नागरिकसँग अन्तरक्रिया गर्ने

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक,

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

बेइजिङ– टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख

सुशासनका लागि राजनीतिक नेतृत्वमा जबाफदेहिता आवश्यक : हरि ढकाल

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम

युद्धपछि पहिलोपटक देखिए इरानी सर्वोच्च नेता मुजतबा, स्वास्थ्यबारे उठेका प्रश्नमा नयाँ बहस

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेई युद्धपछि पहिलोपटक सार्वजनिक

सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि हरि ढकाललाई जवाफ : तपाईंको नाम चाहिँ ‘गोबर’ राखे हुन्न ?

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले देशको