तीन प्रतिष्ठानमा उपकुलपति नियुक्ति गर्न ३१ जना सिफारिस « Khabarhub

तीन प्रतिष्ठानमा उपकुलपति नियुक्ति गर्न ३१ जना सिफारिस


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपकुलपतिको पद रिक्त रहेका तीन प्रतिष्ठानका लागि स्वास्थ तथा जनसंख्या मन्त्रालयले प्रारम्भिक चरणमा ३१ जनाको नाम सिफारिस गरेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्की र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा रिक्त रहेको उपकुलपति पदमा नियुक्ति गर्न मन्त्रालयले ३१ जनालाई प्रारम्भिक चरणमा सिफारिस गरेको हो ।

सबैभन्दा धेरै कर्णाली स्वास्थ्य प्रतिष्ठानमा उपकुलपतिको लागि १३ जनाको नाम सिफारिस गरिएको छ । त्यस्तै पोखरा र पाटन स्वस्थ्य प्रतिष्ठानमा ९/९ जनालाई सिफारिस गरिएको छ ।

उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले गत फागुन २४ गते गरेको सूचना अनुसार प्राप्त भएका आवेदन, योग्यता, अनुभव तथा व्यावसायिक कार्ययोजना समेतको प्रारम्भिक छानविनका आधारमा सूची सार्वजनिक गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  २ : ३० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी