अभिनेता कार्तिक आर्यनलाई कोरोना « Khabarhub

अभिनेता कार्तिक आर्यनलाई कोरोना


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– पछिल्लो पुस्तामा बलिउडका रुचाइएका अभिनेता कार्तिक आर्यनलाई कोरोना संक्रमण भएको छ ।

उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले इन्स्टाग्राममा एक तस्वीर शेयर गर्दै ‘पोजेटिभ भएको छ, प्रार्थना गर्नु’ भनी लेखेका छन् ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार कार्तिक फिल्म ‘भूलभूलैया २’को सुटिङमा व्यस्त थिए । फिल्ममा किआरा आडवाणी र तब्बूको पनि अभिनय छ ।

फिल्ममा अनिश बज्मीको निर्देशन छ । कोरोना महामारीका कारण फिल्मको सुटिङ कैयौं पटक सारिएको थियो । लकडाउन सकिएपछि फिल्मको काम पुनः सुरु भएको थियो ।

दुई दिन अघिमात्र कार्तिक ‘लेक्मे फेसन विक’मा अभिनेत्री कियारा आडवाणीसँग र्‍याम्प वाकमा देखिएका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ३ : ४८ बजे

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी

‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र