‘स्लमडग मिलेनियर’ अभिनेता देवले बेचे ‘मंकी मेन’ « Khabarhub

‘स्लमडग मिलेनियर’ अभिनेता देवले बेचे ‘मंकी मेन’


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– ओस्कार अवार्ड विजेता फिल्म ‘स्लमडग मिलेनियर’ स्टार देव पटेलको अभिनय करियर अहिले उचाईमा छ । फिल्ममा अभिनयको उत्साव मनाएपछि उनी फिल्म निर्देशक बनेका छन् ।

उनले हलिउड एक्सन फिल्म ‘मंकी मेन’बाट निर्देशनमा पाइला चालेका छन् । यो फिल्म उनले ३० मिलियन डलरमा बेचेका छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार उनले नेटफ्लिक्सलाई फिल्म ३० मिलियन डलरमा बेचेका हुन् ।

‘फिल्म केही हिंस्रक हुनसक्ला र केही भागमा पौराणिक सन्दर्भका कारण भारतीय दर्शकमाझ खासै उत्साहन नआउला । नेटफ्लिक्सले भने सेल्फ सेन्सरसिपलाई ध्यानमा राख्दै केही परिवर्तन गर्ने सर्तमा फिल्म खरिद गरेको हो’, नेटफ्लिक्स निकट स्रोतले भनेको छ ।

यो फिल्मको स्क्रिप्ट देवले पल अंगुनावेला र जोन कोलीसँग मिलेर लेखेका हुन् । फिल्मको कथा भारतको पृष्ठभूमिमा आधारित छ, जसमा देवले प्रमुख भूमिका निभाएका छन् ।

फिल्ममा साल्र्टो कोप्ले र शोभिता धुलीपालाको पनि अभिनय छ । फिल्म आगामी वर्ष २०२२ मा रिलिज हुनेछ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ४ : २५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी