ट्राफिक व्यवस्थापन गर्न ‘स्वयंसेवक परिचालन’लाई निरन्तरता « Khabarhub

ट्राफिक व्यवस्थापन गर्न ‘स्वयंसेवक परिचालन’लाई निरन्तरता


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज, सुरक्षित एवं व्यवस्थित बनाउन ट्राफिक प्रहरी महाशाखाले ‘स्वयंसेवक परिचालन’लाई निरन्तरता दिँदै आएको छ ।

उपत्यकामा सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरी सडक पार गर्ने, जथाभावी हिड्डुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र समग्र सडक व्यवस्थापनमा समेत असर पुग्ने हुँदा त्यसलाई न्युनीकरण गर्न ट्राफिक स्वयंसेवक परिचालनलाई महाशाखाले निरन्तरता दिँदै आएको हो ।

महाशाखाले राष्ट्रिय सेवा दलका ५० जना र ट्रिनिटी कलेज र मेधावी कलेजका ४५ जना गरी ९५ जना विद्यार्थीहरुलाई स्वयंसेवक सम्बन्धी प्रशिक्षण दिइ सवारी तथा पैदलयात्रीको चाप हुने विभिन्न चोक, आकासे पुल र जेब्राक्रसिङमा १० दिनसम्म परिचालन गरिएको जनाएको छ ।

उपत्यकाको बढी सवारी चाप तथा पैदलयात्रुको भीडभाड हुने स्थानहरुमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्यसहित ट्राफिक स्वयंसेवक परिचालन गरिँदै आएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

ट्राफिक स्वयंसेवकले सुरक्षित बाटो काट्न सहयोग गर्नुका साथै आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुहरुलाई जथाभावी बाटो नकाट्न र नियमको पालना गर्न सन्देश प्रवाह गर्ने गरेको एसएसपी भट्टराईले जानकारी दिए ।

यस अघि महाशाखाले विभिन्न सँघसंस्था, स्कुल कलेजका विद्यार्थीहरुलाई ट्राफिक स्वयं सेवक सम्बन्धी प्रशिक्षण दिई विभिन्न चरणमा परिचालन गरिएको र त्यसको प्रभावकारिता सँगै यस कार्यक्रमलाई निरन्तरता दिएको बताएको छ ।

हाल विभिन्न चरणहरुमा ६१९ जना स्वयंसेवकहरु परिचालन भैसकेका छन् भने ५७ जनाले दैनिक काम गर्दै आएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ५ : ०९ बजे

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको