ट्राफिक व्यवस्थापन गर्न ‘स्वयंसेवक परिचालन’लाई निरन्तरता « Khabarhub

ट्राफिक व्यवस्थापन गर्न ‘स्वयंसेवक परिचालन’लाई निरन्तरता


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज, सुरक्षित एवं व्यवस्थित बनाउन ट्राफिक प्रहरी महाशाखाले ‘स्वयंसेवक परिचालन’लाई निरन्तरता दिँदै आएको छ ।

उपत्यकामा सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरी सडक पार गर्ने, जथाभावी हिड्डुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र समग्र सडक व्यवस्थापनमा समेत असर पुग्ने हुँदा त्यसलाई न्युनीकरण गर्न ट्राफिक स्वयंसेवक परिचालनलाई महाशाखाले निरन्तरता दिँदै आएको हो ।

महाशाखाले राष्ट्रिय सेवा दलका ५० जना र ट्रिनिटी कलेज र मेधावी कलेजका ४५ जना गरी ९५ जना विद्यार्थीहरुलाई स्वयंसेवक सम्बन्धी प्रशिक्षण दिइ सवारी तथा पैदलयात्रीको चाप हुने विभिन्न चोक, आकासे पुल र जेब्राक्रसिङमा १० दिनसम्म परिचालन गरिएको जनाएको छ ।

उपत्यकाको बढी सवारी चाप तथा पैदलयात्रुको भीडभाड हुने स्थानहरुमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्यसहित ट्राफिक स्वयंसेवक परिचालन गरिँदै आएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

ट्राफिक स्वयंसेवकले सुरक्षित बाटो काट्न सहयोग गर्नुका साथै आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुहरुलाई जथाभावी बाटो नकाट्न र नियमको पालना गर्न सन्देश प्रवाह गर्ने गरेको एसएसपी भट्टराईले जानकारी दिए ।

यस अघि महाशाखाले विभिन्न सँघसंस्था, स्कुल कलेजका विद्यार्थीहरुलाई ट्राफिक स्वयं सेवक सम्बन्धी प्रशिक्षण दिई विभिन्न चरणमा परिचालन गरिएको र त्यसको प्रभावकारिता सँगै यस कार्यक्रमलाई निरन्तरता दिएको बताएको छ ।

हाल विभिन्न चरणहरुमा ६१९ जना स्वयंसेवकहरु परिचालन भैसकेका छन् भने ५७ जनाले दैनिक काम गर्दै आएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ५ : ०९ बजे

उपराष्ट्रपति यादव र कोशी प्रदेश प्रमुख खापुङबीच भेट

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज

विश्वकपले बढेको बजार (तस्बिरहरू)

काठमाडौं– फुटबलको महाकुम्भ फिफा वर्ल्डकप २०२६ आज जुन ११ देखि

विश्वकपको माहौलमा गोकुल बास्कोटाको कटाक्ष : इटाली त एमाले भइगो

काठमाडौं– विश्वकप फुटबलको रौनक नजिकिँदै जाँदा राजनीतिक नेताहरू पनि आफूले

बजेटमाथि अमरेशकुमार सिंहको कडा टिप्पणी : ‘डरले शासन चल्छ तर विकास सम्भव छैन’

काठमाडौं– प्रतिनिधिसभामा आर्थिक वर्षको बजेटमाथि छलफलका क्रममा सांसद अमरेश कुमार सिंहले सरकारले

पाकिस्तानद्वारा अमेरिका-इरान तनावमा मध्यस्थता प्रयास जारी

इस्लामाबाद–  पाकिस्तान र इरान र संयुक्त राज्य अमेरिका बीच बढ्दो