फिल्ममा ‘छिछोरे’, अभिनेत्रीमा कंगना उत्कृष्ट « Khabarhub

फिल्ममा ‘छिछोरे’, अभिनेत्रीमा कंगना उत्कृष्ट


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतमा सोमबार ६७ औं ‘राष्ट्रिय फिल्म पुरस्कार’को घोषणा गरिएको छ । नयाँदिल्लीको नेसनल मिडिया सेन्टरबाट विजेताको घोषणा गरिएको हो ।

जसअनुसार दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको फिल्म ‘छिछोरे’ विधागत रुपमा ‘बेस्ट हिन्दी फिल्म’ बन्यो ।

नितेश तिवारी निर्देशित फिल्ममा सुशान्तका अलावा श्रद्धा कपुर, वरुण शर्मा, ताहिर राज भसीन प्रमुख भूमिकामा थिए ।

फिल्म ‘भोंसले’का लागि मनोज वाजपेयी र ‘असुरन’का लागि धनुष ‘बेस्ट एक्टर’ बने । मनोजले यसअघि ‘सत्या’का लागि ‘बेस्ट सपोर्टिङ एक्टर’ र ‘पिञ्जर’का लागि ‘स्पेशल जुरी अवार्ड’को पुरस्कार जितिसकेका छन् ।

अभिनेत्रीतर्फ फिल्म ‘मणिकर्णिका– द क्वीन अफ झाँसी’ र ‘पंगा’का लागि अभिनेत्री कंगना रनावतले ‘बेस्ट एक्ट्रेस’को अवार्ड पोल्टामा पारिन् ।

उनले यसअघि ‘फेसन’का लागि ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’ र ‘क्वीन’ तथा ‘तनु वेड्स मनु रिटर्नस’का लागि ‘बेस्ट एक्ट्रेस’ को अवार्ड जितिसकेकी छन् ।

उनीहरुबाहेक तमिल फिल्म ‘सुपर डीलक्स’का लागि विजय सेतुपतिले ‘बेस्ट सपोर्टिङ एक्टर’, ‘द ताशकंद फाइल्स’का लागि पल्लवी जोशीले ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’ पुरस्कार जिते ।

त्यस्तै ‘केसरी’को गीत ‘तेरी मिट्टी’को लागि बी प्राकले ‘बेस्ट मेल प्लेब्याक सिंगर’, मराठी फिल्म ‘बार्दो’का लागि सावनी रवीन्द्रले ‘बेस्ट फिमेल प्लेब्याक सिंगर’, सोहिनी चट्टोपाध्यायले ‘बेस्ट फिल्म क्रिटिक’ र मलयालम निर्देशक मुथुकुट्टी जेवियरले ‘हेलेन’का लागि इन्दिरा गान्धी अवार्ड फर बेस्ट डेब्यू फिल्म अफ अ डाइरेक्टर’को पुरस्कार जिते ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ७ : २० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले