भारतमा अक्सिजन आपूर्तिमा समस्या हुँदा २२ बिरामीको मृत्यु « Khabarhub

भारतमा अक्सिजन आपूर्तिमा समस्या हुँदा २२ बिरामीको मृत्यु


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई (एएफपी)- कोभिड–१९ उपचारका लागि तोकिएको भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा अक्सिजन चुहावटका कारण आपूर्तिमा समस्या आउँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

मुम्बईबाट करिब २०० किलोमिटर उत्तरमा रहेको डा.जाकिर हुसैन अस्पतालमा अक्सिजन चुहावटका कारण भेन्टिलेटरमा रहेका विरामीलाई अक्सिजन आपूर्तिको गम्भीर अभावले यो त्रासदीपूर्ण घटना भएको हो ।

नासिकमा रहेको उक्त अस्पताललाई अक्सिजन आपूर्तिका लागि राखिएको ट्याङ्करमा करिब आधा घण्टा चुहावट भएको जनाइएको छ ।

यसै कारण अस्पतालमा अक्सिजनको अभाव हुँदा विरामीको मृत्यु भएको  स्थानीय अधिकारी सूरज मन्धारेले सञ्चारकर्मीहरूसँगको कुराकानीमा बुधबार बताए । उक्त समस्याका कारण करिब ६० गम्भीर विरामीको स्वास्थ्यमा प्रभाव परेको बताइएको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत् एक सन्देश लेख्दै भनेका छन्, “भारतको कोभिड–१९ बाट प्रकोपको केन्द्रबिन्दु महाराष्ट्र राज्यमा भएको अक्सिजन चुहावटपछि विरामीको मृत्यु भएको भनिएको घटना हृदयविदारक त्रुटी हो ।’

राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले घटनाप्रति दुःख व्यक्त गर्दै छानबिन अघि बढाइने बताएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ५ : ५५ बजे

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

तनहुँमा प्रतिनिधिसभा निर्वाचन : कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

दमौली (तनहुँ)- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

हामी नेपाल संस्थाका सुदन गुरूङ रास्वपामा प्रवेश गर्दै

काठमाडौं– जेन–जी अभियन्ता सुदन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको

झापाका रास्वपा नेताको उद्घोष– अब ‘बा’ को जिल्लाबाट बालेन किल्ला हुँदैछ

काठमाडौं- झापा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका करिब १५ हजार