‘विषादीयुक्त’ सिनो खाँदा एकैदिन ६७ गिद्ध मरे « Khabarhub

‘विषादीयुक्त’ सिनो खाँदा एकैदिन ६७ गिद्ध मरे



नवलपुर– पश्चिम नवलपरासीको सदरमुकाम परासी नजिकै एकै दिन ६७ वटा गिद्ध मरेका छन् ।

रामग्राम नगरपालिका वडा नं ४ जीतपुरमा विषादी खाएर मरेको सिनो खाँदा एकै पटक त्यति धेरै गिद्ध मरेको स्थानीयले बताएका छन् । तर गिद्ध मर्नुको खास कारण भने खुलिसकेको छैन ।

प्राकृतिक सन्तुलनलाई कायम राख्ने उदेश्यले नवलपुरको कावासोती १२ स्थित पिठौलीमा रहेको जटायु रेष्टुरेण्ट व्यवस्थापन समिति र नेपाल पंक्षी संरक्षण संघले परासीमा ६७ वटा मृत र एउटा बिरामी अवस्थाको गिद्ध फेला पारेको जनाएको छ ।

संरक्षणकर्मी डिवी चौधरीले दिएको जानकारी अनुसार मृतावस्थामा भेटिएका ६७ वटा गिद्ध ४ प्रजातिका छन् । तीमध्ये ३३ वटा डंगर, ३१ वटा हिमाली गिद्ध, २ वटा राजगिद्ध र सानो खैरो प्रजातिको गिद्ध एउटा मृत भेटिएका छन् ।

एउटा बिरामी अवस्थामा भेटिएकाले उद्धार गरी स्थानीय पशुपंक्षी प्राविधिकको प्रयासमा उपचार भइरहेको छ । मृत भेटिएकामध्ये एउटा गिद्धमा जटायु रेष्टुरेण्टले यसअघि उद्धार गरी चिनारीका लागि ट्याग लगाएर छोडिएको जंगली गिद्ध भएको चौधरीले बताए ।

चौधरीकाअनुसार एकैपटक एकै स्थानमा यति ठूलो संख्यामा मृतावस्थामा गिद्ध भेटिएपछि स्थलगत अनुगमनमा वातावरण–प्राकृतिक तथा पंक्षी संरक्षणसँग सम्वन्धित सरोकारवालाहरुको प्रतिनिधिमण्डल सहितको टोलीका साथै जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी, जिल्ला वन कार्यालय प्रमुख, प्रहरी सहितको टोली स्थलगत अनुगमनमा पुगेको थियो ।

घटनास्थल नजिकैको क्षेत्रमा ३ वटा वोरामा पोको पारेर फ्याकिएको अवस्थामा ३ वटा मृत कुकुर भेटिएकाले गिद्धको मुख्य आहारा मृत बस्तु (सिनो) भएकाले उक्त सिनो आफ्नो आहाराका रुपमा प्रयोग हुँदा घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको चौधरीले बताए ।

प्रकृतिको कुचिकार मानिने गिद्ध संरक्षणका लागि विभिन्न अभियानहरु चलिरहेकाबेला एकै पटक ठूलो संख्यामा गिद्ध मरेको छ । गिद्ध संरक्षण गर्ने उद्देश्यले नवलपरासीपूर्व कावासोती नगरपालिका १२ पिठौलीमा जटायु रेष्टुरेन्ट सञ्चालन गरिँदै आएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ९ : १५ बजे

इरानले भन्यो : अमेरिकासँगको सम्झौतामा आइतबार हस्ताक्षर हुँदैन

काठमाडौं – इरानले अमेरिकासँगकाे प्रस्तावित शान्ति सम्झौतामा आइतबार हस्ताक्षर नहुने

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौं – सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

भारत–नेपाल सीमापार रेल परियोजनाबारे काठमाडौंमा उच्चस्तरीय बैठक

काठमाडौं- भाररत र नेपालबीच सञ्चालनमा रहेका सीमापार रेलमार्ग परियोजनाको प्रगति

ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित

कञ्चनपुर – रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको

भारत–नेपालबीच एआई क्षेत्रमा सहकार्यका सम्भावनाबारे अन्तरक्रिया

काठमाडौं֬– नेपालस्थित भारतीय दूतावास र नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई)