कतारमा कोरोनाले मृत्यु हुनेको संख्या ४ सय « Khabarhub

कतारमा कोरोनाले मृत्यु हुनेको संख्या ४ सय


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : रोजगारीको लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको कतारमा कोरोना संक्रमणबाट बुधबार थप ९ जनाको मृत्यु भएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार ४२, ४६, ४९, ५२, ६१, ६६, ७२, ७४ र ८९ बर्षीय नागरिकको मृत्यु भएको जनाएको छ । योसंगै कतारमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४ सय पुगेको हो ।

पछिल्लो २४ घण्टा ८१९ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ भने ७५७ जनालाई निको भएको मन्त्रालयले जनाएको छ ।

कतारमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार १८० जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख ७६ हजार १८८ रहेको मन्त्रालयले जनाएको छ ।

कतारमा अहिले २२ हजार ८५२ वटा ‘एक्टिभ’ केस रहेका छन् भने १ हजार २१९ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराईरहेका छन् । तीमध्ये ४५९ जनाको आईसीयूमा उपचार भैरहेको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् ।

यो समाचार तयार पार्दासम्म १३ लाख २० हजार ८८६ जनाले कोरोना बिरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट कतारमा २१ नेपाली श्रमिकले ज्यान गुमाईसकेका छन् ।

३०१ जनालाई कारबाही

कोभिड–१९ सम्बन्धि सरकारले जारी गरेको सावधानीका उपायहरू उल्लंघन गर्ने ३०१ जनालाई कारबाही गरिएको जनाएको छ ।

कतारको आन्तरिक मन्त्रालयका अनुसार २९४ जनालाई सार्वजनिक रूपमा मास्क नलगाएकोमा, २ जनालाई मोबाइलमा एहतेराज एप्स प्रयोग नगरेकोमा, ३ जनालाई सामाजिक दूरी कायम नगरेकोमा १ जनालाई गाडीमा क्षमाता भन्दाबढी मानिस राखेकोमा र अन्य १ जनालाई क्वारेनटाइन पूरा नगरी भागेकोमा पक्राउ गरि कारबाही गरिएको जनाएको छ ।

भाइरस संक्रमणको नयाँ लहर सुरु भएसंगै कतार सरकारले थप प्रतिबन्ध लगाउदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाई गरिरहेको छ ।

भाइरसको फैलावटबाट जोगाउनका लागि सावधानी र रोकथाम सम्बन्धी निर्णयहरूको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने हजारौं व्यक्तिलाई कारबाही गरिसकिएको मन्त्रालयले जनाएको छ । नियम उल्लंघन गरेको पाइएमा दुई लाख कतारी रियाल जरिवाना र तीन वर्षसम्म कैद सजाय तोकिएको छ ।

प्रवेशमा थप कडाई

विभिन्न देशहरुबाट कतार प्रवेश गर्नेहरुमा कोरोना संक्रमण भेटिने क्रम बढेपछि सरकारले थप कडाई गर्ने भएको छ  ।

प्रवेश गर्ने सबै देशका नागरिकलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ ।

मन्त्रालयका अनुसार सबै यात्रुहरूले आगमन भन्दा ७२ घण्टा भित्र त्यस देशको स्वास्थ्य मन्त्रालयको मान्यता प्राप्त मेडिकल सेन्टरमा परीक्षण गरेको कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्नेछ ।

यो नयाँ प्रोटोकल आगामी आइतवार, २५ अप्रिल देखि लागू हुने मन्त्रालयलाई उदृत गर्दै पेनिन्सुला पत्रिकाले जनाएको छ ।

मन्त्रालयले निर्धारण गरे अनुसार केही यात्रुहरुको विमानस्थलमै कोभिड- १९ परीक्षण गरिने प्राथमिक स्वास्थ्य सेवा निगमका प्रबन्ध निर्देशक डा. मरियम अली अब्दुल-मलिकले जानकारी दिइन् ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ९ : ३० बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको