अमेरिकामा बुद्धवीर लामाको एकल साँझ | Khabarhub Khabarhub

अमेरिकामा बुद्धवीर लामाको एकल साँझ


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार बुद्धवीर लामाले आफ्नो गीत लेखन करियरमा अमेरिकामा पहिलो एकल साँझ गर्ने भएका छन् । अमेरिकामा उनको पहिलो एकल साँझ भए पनि संगीत करियरमा उनको यो दसौं एकल साँझ हुनेछ ।

आगामी शनिबार साँझ पेन्सिलभेनिला राज्यको ह्यारिसबर्ग शहरमा आयोजना हुने कार्यक्रममका लागि लामा अमेरिका पुगिसकेका छन् ।

कार्यक्रममा अमेरिका निवासी नेपाली भाषी कलाकारहरु अर्जुन गुरुङ, यमु राई, टिका लामिछाने, निर्मल गुरुङ, पुष्प गजमेर, वीरेन्द्र गुरुङलगायतले बुद्धवीरका गीत सुनाउनेछन् ।

यसअघि लामाले काठमाडौमा आठ पटक र झापामा एक पटक एकल साँझ आयोजना गरिसकेका छन् ।

लामा पुर्व म्याराथन धावक पनि हुन् । अमेरिकाको एकल साँझबाट उठेको रकम आफुले जन्मथलो इलामको बौद्धधाममा पहिलो पटक म्याराथोन दौड आयोजना गर्ने लामाले बताए ।

करिव ४ दशकदेखी गीत लेखनमा क्रियासिल लामाका ‘धेरै चोटी आँखा जुध्यो’, ‘चलेछ बतास सुस्तरी’, ‘बादलुको घुम्टोले’, ‘खुट्टा तान्दै गर’, ‘आज हाम्रो भेट भाको दिन’, ‘चोली राम्रो पाल्पाली ढाकाको’, ‘भुपु मायालु’ लगायत सयौ गीतहरु लोकप्रिय छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ११ : ३४ बजे

डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी