केकी लेख्छिन्, ‘नेगेटिभ नै देखिए पनि आइसोलेट गरेकी छु’ « Khabarhub

केकी लेख्छिन्, ‘नेगेटिभ नै देखिए पनि आइसोलेट गरेकी छु’


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री केकी अधिकारी कोरोना संक्रमणबाट मुक्त भए पनि उनी अझै आइसोलेसनमा छिन् । दुई दिनको लगातार ज्वरोपछि स्वाब परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

केकीलाई कोरोना संक्रमण भएपछि उनको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘घिन्ताङ’को छायांकन पनि प्रभावित भएको छ ।

उनले फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो स्वास्थ्य अवस्था बारे जानकारी गराएकी छन् ।

‘केही दिन अघिको हावापानीवर्षा पछि मलाई रुघाले समात्यो अनि २ रात लगातार ज्वरो पनि देखिएपछि मैले स्वाब परिक्षण गराएँ । जसमा मलाई कोरोना पोजिटिभ देखियो । चिकित्सकको सल्लाह अनुसार आफूलाई अलग्गै राखें र तीन दिन पछि पुनः परिक्षण गराउदा नतिजा नेगेटिभ देखियो । नेगेटिभ नै देखिए पनि मैले हाललाई आफूलाई आइसोलेट गरेकी छु ।’ उनले लेखेकी छन् ।

उनी अगाडि लेख्छिन्, ‘यही अन्योलता बिच मैले सबैको फोन उठाउन र मेसेजको प्रतिउत्तर दिन पनि केही दिन असमर्थ भएकोमा बुझिदिनुहुने विश्वास पनि लिएकी छु र हार्दिक धन्यवाद पनि दिन चाहान्छु । हामी सबैले अझै उच्च सतर्कता अपनाउन आवश्यक छ । यहाँहरु सबैको सुस्वाथ्यको कामना गर्दछु । आफ्नो पनि ख्याल राख्नुहोस् र अरुलाइ पनि जोगाउनुहोस् ।’

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ३ : १० बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन