केकी लेख्छिन्, ‘नेगेटिभ नै देखिए पनि आइसोलेट गरेकी छु’ | Khabarhub Khabarhub

केकी लेख्छिन्, ‘नेगेटिभ नै देखिए पनि आइसोलेट गरेकी छु’


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री केकी अधिकारी कोरोना संक्रमणबाट मुक्त भए पनि उनी अझै आइसोलेसनमा छिन् । दुई दिनको लगातार ज्वरोपछि स्वाब परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

केकीलाई कोरोना संक्रमण भएपछि उनको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘घिन्ताङ’को छायांकन पनि प्रभावित भएको छ ।

उनले फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो स्वास्थ्य अवस्था बारे जानकारी गराएकी छन् ।

‘केही दिन अघिको हावापानीवर्षा पछि मलाई रुघाले समात्यो अनि २ रात लगातार ज्वरो पनि देखिएपछि मैले स्वाब परिक्षण गराएँ । जसमा मलाई कोरोना पोजिटिभ देखियो । चिकित्सकको सल्लाह अनुसार आफूलाई अलग्गै राखें र तीन दिन पछि पुनः परिक्षण गराउदा नतिजा नेगेटिभ देखियो । नेगेटिभ नै देखिए पनि मैले हाललाई आफूलाई आइसोलेट गरेकी छु ।’ उनले लेखेकी छन् ।

उनी अगाडि लेख्छिन्, ‘यही अन्योलता बिच मैले सबैको फोन उठाउन र मेसेजको प्रतिउत्तर दिन पनि केही दिन असमर्थ भएकोमा बुझिदिनुहुने विश्वास पनि लिएकी छु र हार्दिक धन्यवाद पनि दिन चाहान्छु । हामी सबैले अझै उच्च सतर्कता अपनाउन आवश्यक छ । यहाँहरु सबैको सुस्वाथ्यको कामना गर्दछु । आफ्नो पनि ख्याल राख्नुहोस् र अरुलाइ पनि जोगाउनुहोस् ।’

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ३ : १० बजे

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा