नौ स्रष्टालाई ‘नइ पुरस्कार’ « Khabarhub

नौ स्रष्टालाई ‘नइ पुरस्कार’


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नइ प्रकाशनले नौ स्रष्टालाई २०७७ सालको ‘नइ पुरस्कार’ प्रदान गर्ने भएको छ ।

नइ प्रकाशनले सनातन हिन्दु दर्शन र धर्म संस्कृतिको संरक्षण, संबद्र्धन र जागरणका लागि मन, वचन र कर्मबाट समर्पित प्रा.डा.दीर्घराज घिमिरेलाई ‘नइ चन्द्रधन पुरस्कार’, नेपालको सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभिमानको अक्षुणता, संरक्षण र सबद्र्धनका लागि कमल थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’ प्रदान गर्ने भएको छ ।

त्यस्तै मैथिली तथा नेपाली भाषा साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा प्रा.डा.राजेन्द्र विमललाई ‘नइ भूपालदुर्गा पुरस्कार’, नेपाल टेलिभिजनको स्थापनाका साथै नेपाली फिल्म, नाटक तथा श्रव्यदृश्यमूलक आम सञ्चारका क्षेत्रमा अग्रणी र ऐतिहासिक योगदानका नीर शाहलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय प्रकाशनले गरेको छ ।

यसैगरी चिकित्सा क्षेत्रमा दीर्घ सेवाका निम्ति सुविख्यात बालविशेषज्ञ डा.मणिन्द्ररञ्जन बराललाई ‘नइ भावि पुरस्कार’, नेपाली कलाका फाँटमा अविछिन्न योगदानका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाली चित्रकलाको महिमा र गरिमा बढाए वापत शशीकला तिवारीलाई ‘नइ यउजा पुरस्कार’, नेपाली साहित्यको श्रीवृद्धिमा सिर्जनात्मक र संस्थागत रुपमा क्रियाशील रही विश्व कविता यात्रामार्फत नेपाली भाषासाहित्यको गौरव बढाए बापत वसन्तकुमार चौधरीलाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ प्रदान गरिनेछ ।

यस्तै नेपाली गीतसंगीतको संरक्षण सम्बद्र्धन र सम्प्रसारमा प्रभावकारी कृत्य गरी देशदेशान्तरमा नेपाली भाषाको ख्याति बढाएबापत म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मालाई ‘नइ भाजप पुरस्कार’, काठमाडौं उपत्यकाबाहिर रहेर पनि नेपाली भाषासाहित्यको सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्‍याए बापत रुपन्देहीका जंगबहादुर शाहलाई ‘नइ धनरूप पुरस्कार’ प्रदान गर्ने निर्णय प्रकाशनले गरेको छ ।

सबै पुरस्कारको राशी जनही एक लाख रुपैंयाँ छ । नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा हालै बसेको नइ प्रकाशनको बैठकले यो निर्णय गरेको हो ।

नइ प्रकाशनको रजत महोत्सव तथा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०२ औं शुभजन्मोत्सवका अवसरमा शताब्दी पुरुषबाट आगामी वैशाख ३० गते काठमाडौंमा नइ पुरस्कारहरू प्रदान गरिने प्रकाशनले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ३ : ३० बजे

दुई अमेरिकी विश्वविद्यालयमा पढेका शिशिरलाई कूटनीतिको कमान्ड

काठमाडौं- नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा राष्ट्रिय

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता

गृहमन्त्रीलाई बधाई दिन मन्त्रालयमै पुगे सहिद परिवार र जेन-जी घाइते

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् ।

बहराइन र यूएई होटलमा अमेरिकी सैनिकको उपस्थिति : इरानको कडा प्रतिक्रिया

तेहरान- इरानले बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) का होटल

बालेन मन्त्रिपरिषद् : कुन मन्त्रीलाई कुन वरीयता ?

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति