योहो टेलिभिजनको युट्युव ह्याक, रिकभर हुन केहीदिन लाग्ने « Khabarhub

योहो टेलिभिजनको युट्युव ह्याक, रिकभर हुन केहीदिन लाग्ने


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– योहो टेलिभिजन एचडीको युट्युव च्यानल बन्द भएको छ । प्राविधिक समस्या आएपछि टेलिभिजनको आधिकारिक युट्युव च्यानल बन्द भएको टेलिभिजनका समाचार प्रमुख जीवराम भण्डारीले जानकारी दिए ।

बुधबार बेलुकी ८ बजेपछि युट्युवमा अकस्मात प्राविधिक समस्या आएपछि दर्शकले हेर्न नपाउने अवस्था बनेको भण्डारीले बताए । अहिले युट्युवमा योहो टेलिभिजन सर्च गर्दा आधिकारिक च्यानल फेला पर्दैन ।

युट्युव च्यानलमा आएको समस्याबारे अध्ययन गरिरहेको टेलिभिजनको आइटी टीमले जनाएको छ । टीमले टेलिभिजनको युट्युव ह्याक भएको भन्दै यसलाई फिसिङको संज्ञा दिएको छ । यो रिकभर हुन अझै केही दिन लाग्ने टेलिभिजनमा प्राविधिक सहयोग गर्दै आएको कम्पनी एपहरुका सीईओ टुरुप संग्रौलाले जानकारी दिए ।

यसैबीच मिडिया अलाइन्स नेपालले टेलिभिजनको युट्युव च्यानल ह्याक गर्नेलाई कारबाहीको माग गरेको छ । मिडिया अलाइन्सले एक विज्ञप्ति जारी गर्दै गैरकानुनी कार्यमा संलग्न व्यक्ति तथा संस्थालाई तत्काल छानबिन गरी कारबाही गर्न माग गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ३ : ५७ बजे

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको