योहो टेलिभिजनको युट्युव ह्याक, रिकभर हुन केहीदिन लाग्ने | Khabarhub Khabarhub

योहो टेलिभिजनको युट्युव ह्याक, रिकभर हुन केहीदिन लाग्ने


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– योहो टेलिभिजन एचडीको युट्युव च्यानल बन्द भएको छ । प्राविधिक समस्या आएपछि टेलिभिजनको आधिकारिक युट्युव च्यानल बन्द भएको टेलिभिजनका समाचार प्रमुख जीवराम भण्डारीले जानकारी दिए ।

बुधबार बेलुकी ८ बजेपछि युट्युवमा अकस्मात प्राविधिक समस्या आएपछि दर्शकले हेर्न नपाउने अवस्था बनेको भण्डारीले बताए । अहिले युट्युवमा योहो टेलिभिजन सर्च गर्दा आधिकारिक च्यानल फेला पर्दैन ।

युट्युव च्यानलमा आएको समस्याबारे अध्ययन गरिरहेको टेलिभिजनको आइटी टीमले जनाएको छ । टीमले टेलिभिजनको युट्युव ह्याक भएको भन्दै यसलाई फिसिङको संज्ञा दिएको छ । यो रिकभर हुन अझै केही दिन लाग्ने टेलिभिजनमा प्राविधिक सहयोग गर्दै आएको कम्पनी एपहरुका सीईओ टुरुप संग्रौलाले जानकारी दिए ।

यसैबीच मिडिया अलाइन्स नेपालले टेलिभिजनको युट्युव च्यानल ह्याक गर्नेलाई कारबाहीको माग गरेको छ । मिडिया अलाइन्सले एक विज्ञप्ति जारी गर्दै गैरकानुनी कार्यमा संलग्न व्यक्ति तथा संस्थालाई तत्काल छानबिन गरी कारबाही गर्न माग गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ३ : ५७ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी