काठमाडौँ उपत्यकामा थपिए ११७४ कोरोना संक्रमित « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ११७४ कोरोना संक्रमित


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार १७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९८७, भक्तपुरमा ८१ र ललितपुरमा १०६ जना गरी उपत्यकामा १ हजार १७४ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित पछिल्लो २४ घण्टामा नेपालमा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भने २४ घण्टामा ५ जनाको कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

पीसीआर विधिबाट १० हजार १ जनाको र एन्टिजेन विधिबाट ४४७ जनाको परीक्षण गरिएकोमा ​पीसीआर विधिबाट २३ सय ६५ र एन्टिजेनबाट ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

यही अवधिमा २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालसम्म २ लाख ७६ हजार ३४५ जना निको भएका छन् । हालसम्म नेपालमा कोरोनाले ३ हजार ११७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ५ : ३१ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित