भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु « Khabarhub

भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंँको पेप्सीकोलाबाट मध्यपुरथिमि नगरपालिका–२ सानो ठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नम्बरको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ जाँदै गरेको वा ३ ख ४४६५ नम्बरको टिपर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सानो ठिमी प्रहरी प्रभाग अगाडि भएको दुर्घटनामा दुई जना गम्भीर घाइते भएकामा मोटरसाइकल पछाडि सवार कैलाली चटकपुर घर भई हाल भक्तपुर पुरानो ठिमी बस्ने ४२ वर्षीय पदमराज पाठकको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक दाङ लालमठिया–५ बस्ने २४ वर्षीय उमेश चौधरीको न्युरो अस्पताल बाँसबारी काठमाडौँ उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

दुर्घटनाग्रस्त टिपर र सोका चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–३ घर भई हाल सानो ठिमी बस्ने ३१ वर्षीय राजन नेपालीलाई महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरी अनुसन्धान शुरु गरेको बताइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ५ : ५५ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन