भारतद्वारा ३९ एम्बुलेन्स र ६ वटा बस सहयोग « Khabarhub

भारतद्वारा ३९ एम्बुलेन्स र ६ वटा बस सहयोग


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत सरकारले नेपालका गैरनाफामूलक संघ संस्था तथा शैक्षिक प्रतिष्ठानलाई उपहारस्वरुप बस तथा एम्बुलेन्स प्रदान गरेको छ ।

भारतीय राजदूतावासमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ३९ वटा एम्बुलेन्स र छ वटा बस सम्बन्धित संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् ।

यसअघि भारतले नेपाल सरकारले निर्धारण गरेको मापदण्डानुसार निर्माण भएका ‘एडभान्स लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट र कमन लाइफ सपोर्ट’ गरी तीन किसिमका थप एम्बुलेन्स प्रदान गरेको थियो ।

हालसम्म भारतले ८६२ वटा एम्बुलेन्स र १६६ वटा स्कूल बस उपहारस्वरुप नेपालका सामाजिक सङ्घसंस्था र विद्यालयलाई प्रदान गरिसकेको छ ।

नेपालका ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न तथा शिक्षक र विद्यार्थीको आवागमनमा सघाउन भारतले बर्सेनि केही एम्बुलेन्स र स्कूल बस उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ७ : १८ बजे

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : प्रतिनिधिसभाका सभाध्यक्ष केसी

काठमाडौं–  प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र विधिको शासन

सदनलाई राष्ट्रपति कार्यालयको पत्रको जानकारी

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदको नियुक्ति

संसद्‌मा कांग्रेसको प्रश्न- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन किन सार्वजनिक गरेन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले जेन-जी मुद्दाबाट उठेका परिवर्तनलाई

ओली-लेखक पक्राउबारे रवि : यो प्रतिशोध होइन, शहीदकी आमाले न्याय पाउनु पर्छ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका

दलित समुदायसँग रविले मागे माफी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदायसँग सार्वजनिक