लाप्राक एकीकृत बस्ती स्थानीयलाई हस्तान्तरण « Khabarhub

लाप्राक एकीकृत बस्ती स्थानीयलाई हस्तान्तरण


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- भूकम्पपछिको पुनर्निर्माणका क्रममा तयार भएको गोरखाको लाप्राक वस्ती जग्गाधनी पुर्जासहित स्थानीयलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले गोरखाका धार्चे गाउँपालिकास्थित लाप्राक एकीकृत बस्तीमा आयोजित एक कार्यक्रममा संयुक्त रुपमा घर हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावालीले एकीकृत वस्तीका लाभग्राहीहरुलाई जग्गाधनी पुर्जा (लाजपुर्जा) हस्तान्तरण गरे । घर तथा पुर्जा हस्तान्तरणपछि आफ्नो मन्तव्य राख्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पप्रभावित लाप्राकवासीलाई घर निर्माणमा सहयोग पुर्‍याएकोमा गैरआवासीय नेपाली संघ र संसारभरि छरिएर रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई धन्यवाद समेत दिए ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नमूना बस्तीमा होमस्टेलगायत दिगो जीविकोपार्जनका कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिदैं बर्षात्को पानी निकास र ढल व्यवस्थापनलगायत पूर्वाधार निर्माण गर्न बजेटको व्यवस्था भइरहेको जानकारी समेत गराए ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले भूकम्प प्रभावित दाजुभाइलाई सहयोग गर्न पाउँदा संघआबद्ध सम्पूर्ण नेपालीलाई खुशी मिलेको बताउँदै लाप्राक एकीकृत बस्तीका जनताको जीवनस्तर माथि उठाउन संघले भविष्यमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

हस्तान्तरण कार्यक्रममा संघीय सांसद हरिराज अधिकारी, धार्चे गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङ, प्राधिकरणका कार्यकारी समिति सदस्य धु्रवप्रसाद शर्मा, जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) गोरखाका आयोजना प्रमुख रामशरण आचार्य, गैरआवासीय संघका उपाध्यक्ष सोनाम लामालगायतको उपस्थिति थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा गोरखाको धार्चे गाउँपालिकाको गुप्सीपाखामा ५७३ घरसहितको एकीकृत बस्ती तयार भएको हो । प्राधिकरणले जग्गा उपलब्ध गराउने तथा पूर्वाधार निर्माणमा सहयोग गरेको हो भने गैरआवासीय नेपाली संघले घर निर्माणमा सहयोग गरेको हो ।

 

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ७ : ३९ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन