संरचना पूरा नहुँदै प्राधिकरणको ‘निर्माण सम्पन्न’ सूचीमा विद्यालयका भवन « Khabarhub

संरचना पूरा नहुँदै प्राधिकरणको ‘निर्माण सम्पन्न’ सूचीमा विद्यालयका भवन


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०७२ सालमा विनाशकारी भूकम्पले गएको आगमी वैशाख १२ गते ६ वर्ष पूरा हुँदैछ ।

सोही अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन (शिक्षा) इकाइले विहीबार काठमाडौँमा पत्रकार सम्मलेन गर्दै हालसम्म विद्यालय पुनर्निर्माणको अवस्थाबारे जानकारी दिएको छ ।

इकाइका अनुसार ७ हजार ५५३ विद्यालय भवन पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा ६ हजार २४१ विद्यालय भवन पुनर्निर्माण भएका छन् ।

जसमध्ये विद्यालय व्यवस्थापन समितिमार्फत ४ हजार ९३३, निर्माण व्यवसायीमार्फत ५५४ र गैरसरकारी संस्थामार्फत ७५९ विद्यालय भवन पुनर्निर्माण भएको इकाइले जानकारी दिएको हो ।

विद्यालय व्यवस्थापन समितिले निर्माण गर्न बाँकी १ हजार १२१, निर्माण व्यवसायीमार्फत १७५ र गैससमार्फत ११ विद्यालय भवनको पुनर्निर्माण कार्य आगामी असार मसान्तभित्र सम्पन्न भइसक्ने इकाइले जनाएको छ ।

इकाइले विद्यालय भवन पुनर्निर्माणका लागि एक खर्ब १० अर्ब ७९ करोड ७४ लाख रुपैयाँ आवश्यक पर्नेमा हालसम्म ५३ अर्ब १९ करोड ३९ लाख रुपैयाँ खर्च भएको जनाइएको छ । चालु आर्थिक वर्षका विद्यालय पुननिर्माणको लागि १८ अर्ब ६० करोड ३४ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

प्राधिकरणले निर्माण सम्पन्न भएका भनिएका विद्यालयमा शैचालय र खानेपानीको व्यपस्थापन गर्न भने बाँकी रहेको पाइएको छ । विद्यालयमा खानेपानी र शौलाचल निर्माण पूरा नहुँदै प्राधिकरले पुनर्निर्माण सम्पन्न भएको सूचीमा समावेश गरेको पाइएको हो ।

प्राधिकरणका अनुसार अधिकांश विद्यालयमा शौचालय र खानेपानी जडानको काम जारी नै छ । केही विद्यालयमा काम सम्पन्न भए पनि अन्यको चाँडै सम्पन्न गर्ने गरी काम भइरहेको प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का अधिकृत यदुविक्रम थापाले बताए ।

खबरहबलाई प्राप्त तथ्याङ्क अनुसार पूर्ण रुपमा निर्माण सम्पन्न भएका विद्यालयको संख्या ३ हजार २४१ मात्र छ । यी विद्यालयमा खानेपानी लगायतका सवै संचरना पूर्ण निर्माण गरिएका छन् ।

तर, प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांक हेर्दा निर्माण सम्पन्न गरिएको भनिएकामध्ये झण्डै आधिभन्दा बढीमा खानेपानी, शौचालय लगायतका पूर्वाधार निर्माण हुन बाँकी छ ।

थापाले निर्माण सम्पन्न भनिएका केही विद्यालय भवनमा शौचालय, खानेपानी, भवन घेरबार गर्ने लगायतका केही कामहरु बाँकी रहेको स्वीकारे ।

उनले भने,‘कुनै पनि काम गर्न नपर्ने गरी निर्माण सम्मन भएका विद्यालयको संख्या ३ हजार २४१ हो ।’

प्राधिकरणका अनुसार पहिलो चरणका काम सम्पन्न भए पनि र  दोस्रो चरणका केही काम सम्पन्न भएको र केही जारी रहेको हुँदा तथ्यांकमा घटबढ भएको हुनसक्ने उनको भनाइ छ ।

उनले भने, ‘पुनर्निर्माण सम्पन्न भनेर आज सार्वजनिक गरेका ६ हजार २४६ विद्यालय मध्ये केहीमा शौचालय र खानेपानी जडानको काम चलिरहेको छ ।’

उनका अनुसार पहिलो पटक भवन निर्माणको लागि मात्रै बजेट निकासा भएको र र दोस्रो चरणमा शौचालय, खानेपानी लगायत अन्य पूर्वाधार निमार्णको लागि बजेट निकासा भएको हुँदा यी काम केही ढिला हुन गएको हो ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ८ : ०१ बजे

इजरायलद्वारा १५० इरानी बालिकाको नरसंहारबारे छानबिन हुनुपर्ने राष्ट्रसंघको माग

तेहरा- संयुक्त राष्ट्रको मानवअधिकार कार्यालयले इरानमा भएको एक छात्रा विद्यालयमाथिको

उत्तर कोरियामा संसदीय निर्वाचन घोषणा

एजेन्सी- उत्तर कोरियाले यस महिनाभित्र आफ्नो सर्वोच्च जनसभाका लागि प्रतिनिधि

रास्वपाका अर्का उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूची भेटिए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका अर्का उम्मेदवार

सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेको प्रोफाइल राख्दै निशाले भनिन्- अब चुप बस्दिन

काठमाडौं– प्रतिनिधिसभा उम्मेदवार निशा अधिकारीले सामाजिक सञ्जालमार्फत आफूमाथि भइरहेको चरित्र

पूर्वी लेबनानको बालबेकमा इजरायली आक्रमण, चार जनाको मृत्यु

एजेन्सी– इजरायली विमानले  पूर्वी लेबनानको बालबेक सहरको आवासीय भवनलाई लक्षित