भारतीय प्रधानमन्त्री मोदीद्वारा पश्चिम बङ्गाल जाने कार्यक्रम रद्द | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्री मोदीद्वारा पश्चिम बङ्गाल जाने कार्यक्रम रद्द


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– कोभिड–१९ को महामारीबीच शुक्रबार आयोजना हुने भनिएको भारतीय जनता पार्टीको चुनावी र्‍यालीको कार्यक्रमलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रद्द गरेका छन् ।

प्रधानमन्त्री मोदीले बिहीबार साँझ ट्वीट गर्दै आफूले पश्चिम बङ्गाल जाने कार्यक्रम रद्द गरेको जानकारी गराएका हुन् । यस्तै मोदीले शुक्रबार कोभिड–१९ बारे छलफल गर्न उच्चस्तरीय बैठक गर्ने पनि ट्वीटमार्फत जानकारी दिएका छन् ।

उनी चुनावी प्रचारका लागि पश्चिम बङ्गाल जाने कार्यक्रम रहेको थियो ।

यसअघि निर्वाचन प्रचारका लागि पश्चिम बङ्गाल जाने कार्यक्रम विपक्षी नेता राहुल गान्धीले पनि रद्द गरेका थिए ।

कार्यक्रम रद्द गरेपछि निर्वाचन प्रचारप्रसारका लागि अन्य दलहरूलाई पनि सोच्न गान्धीले आग्रह गरेका थिए ।

भारतमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन उकालो लागिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै तीन लाखभन्दा बढी व्यक्ति सङ्क्रमित थपिएका छन् भने दुई हजार १००भन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ । (रासस/पीटीआई)

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ८ : २७ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।