सैनिक प्रतिष्ठानमा ५९औँ समूहको दीक्षान्त « Khabarhub

सैनिक प्रतिष्ठानमा ५९औँ समूहको दीक्षान्त


९ बैशाख २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सैनिक प्रतिष्ठानमा खरिपाटी भक्तपुरमा सञ्चालित ५९औँ समूहको अधिकृत क्याडेट तालीम स्नातक तह दीक्षान्त समारोह सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा र प्राध्यापकसहितको उपस्थितिमा भएको दिक्षान्त समारोहमा पुरुष १२९, महिला २४ र विदेशी अधिकृत क्याडेट ४ शिक्षार्थी दीक्षित भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो अवसरमा प्रधानसेनापति थापाले शिक्षार्थी तथा अभिभावक सबैलाई बधाई ज्ञापन गर्दै निकट भविष्यमा नै आयुक्त पद प्राप्त गर्ने शिक्षार्थीलाई प्रतिष्ठानमा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न र कुशल नेतृत्वका लागि शुभकामना व्यक्त गरे ।

समारोहमा शैक्षिक अध्यापनतर्फ प्रथम, द्वितीय, तृतीय र एकेडेमीका विभिन्न विधामा उत्कृष्ट अङ्क हासिल गर्ने क्याडेटलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ९ : ४१ बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक