सैनिक प्रतिष्ठानमा ५९औँ समूहको दीक्षान्त « Khabarhub

सैनिक प्रतिष्ठानमा ५९औँ समूहको दीक्षान्त


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सैनिक प्रतिष्ठानमा खरिपाटी भक्तपुरमा सञ्चालित ५९औँ समूहको अधिकृत क्याडेट तालीम स्नातक तह दीक्षान्त समारोह सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा र प्राध्यापकसहितको उपस्थितिमा भएको दिक्षान्त समारोहमा पुरुष १२९, महिला २४ र विदेशी अधिकृत क्याडेट ४ शिक्षार्थी दीक्षित भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो अवसरमा प्रधानसेनापति थापाले शिक्षार्थी तथा अभिभावक सबैलाई बधाई ज्ञापन गर्दै निकट भविष्यमा नै आयुक्त पद प्राप्त गर्ने शिक्षार्थीलाई प्रतिष्ठानमा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न र कुशल नेतृत्वका लागि शुभकामना व्यक्त गरे ।

समारोहमा शैक्षिक अध्यापनतर्फ प्रथम, द्वितीय, तृतीय र एकेडेमीका विभिन्न विधामा उत्कृष्ट अङ्क हासिल गर्ने क्याडेटलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ९ : ४१ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीपीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भएजस्तो लागे अदालतमा मुद्दा हाल्नू, कठघरामा उभिएर जवाफ दिन्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका