जसपाका मागबारे मन्त्रिपरिषदमा छलफल, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने « Khabarhub

जसपाका मागबारे मन्त्रिपरिषदमा छलफल, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले जनता समाजवादी पार्टीका मागका विषयमा छलफल गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेलमा रहेका जसपाका नेता तथा कार्यकर्ताका मुद्दा फिर्ता लिने विषयमा निर्णय  भएको एक मन्त्रीले बताए ।

सरकारले मुद्दा फिर्ता लिन नमिल्ने भएकाले महान्यायाधिवक्तामार्फत मुद्दा फिर्ता लिने निर्णय भएको उनले बताए । सरकारले सबै कानूनी प्रक्रिया पूरा गरेपछि सहमति सार्वजनिक गर्ने तयारी गरेको उनको भनाइ छ ।

यसैगरी सरकारले लाल आयोग प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । मधेश आन्दोलनबारे अध्ययन गर्न गठित पूर्व न्यायाधीश गिरिश चन्द्र लाल नेतृत्वको लाल आयोगको प्रतिवदेन सार्वजनिक गर्ने निर्णय भएको हो ।

जसपाले जेलमा रहेका आफ्ना सांसद रेशम चौधरीसहित सबै कार्यकर्ताहरुलाई रिहा गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ९ : २६ बजे

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : प्रतिनिधिसभाका सभाध्यक्ष केसी

काठमाडौं–  प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र विधिको शासन

सदनलाई राष्ट्रपति कार्यालयको पत्रको जानकारी

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदको नियुक्ति

संसद्‌मा कांग्रेसको प्रश्न- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन किन सार्वजनिक गरेन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले जेन-जी मुद्दाबाट उठेका परिवर्तनलाई

ओली-लेखक पक्राउबारे रवि : यो प्रतिशोध होइन, शहीदकी आमाले न्याय पाउनु पर्छ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका

दलित समुदायसँग रविले मागे माफी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदायसँग सार्वजनिक