जसपाका मागबारे मन्त्रिपरिषदमा छलफल, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने « Khabarhub

जसपाका मागबारे मन्त्रिपरिषदमा छलफल, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले जनता समाजवादी पार्टीका मागका विषयमा छलफल गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेलमा रहेका जसपाका नेता तथा कार्यकर्ताका मुद्दा फिर्ता लिने विषयमा निर्णय  भएको एक मन्त्रीले बताए ।

सरकारले मुद्दा फिर्ता लिन नमिल्ने भएकाले महान्यायाधिवक्तामार्फत मुद्दा फिर्ता लिने निर्णय भएको उनले बताए । सरकारले सबै कानूनी प्रक्रिया पूरा गरेपछि सहमति सार्वजनिक गर्ने तयारी गरेको उनको भनाइ छ ।

यसैगरी सरकारले लाल आयोग प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । मधेश आन्दोलनबारे अध्ययन गर्न गठित पूर्व न्यायाधीश गिरिश चन्द्र लाल नेतृत्वको लाल आयोगको प्रतिवदेन सार्वजनिक गर्ने निर्णय भएको हो ।

जसपाले जेलमा रहेका आफ्ना सांसद रेशम चौधरीसहित सबै कार्यकर्ताहरुलाई रिहा गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ९ : २६ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार