हीरो मोटोकर्प र गोगोरो बीच रणनीतिक साझेदारी | Khabarhub Khabarhub

हीरो मोटोकर्प र गोगोरो बीच रणनीतिक साझेदारी


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हीरो मोटोकर्प र गोगोरो इंकले आज भारतमा विद्युतीय गतिशीलता (मोबिलिटी) को दिगो परिवर्तनलाई गति दिनका लागि एक रणनीतिक साझेदारीको घोषणा गरेका छन्।

यो साझेदारीले मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता हीरो र सहरी ब्याट्री स्वापिङ र स्मार्ट मोबिलिटी नवप्रवर्तनको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी गोगोरोलाई एक ठाउँमा ल्याएको छ। भारतमा गोगोरोका उद्योगको अग्रणी ब्याट्री स्वापिङ प्लेटफार्म ल्याउन दुवै कम्पनीहरूले संयुक्त लगानीमा ब्याट्री स्वापिङ उद्यम स्थापना गर्नेछ र हीरोको ब्रान्डमा गोगोरो नेटवर्कद्वारा सञ्चालित हुने विद्युतय सवारीसाधन विकासमा सहकार्य गर्नेछन्।

नयाँ साझेदारीका बारेमा टिप्पणी गर्दै हीरो मोटोकर्पका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. पवन मुन्जालले भने, ‘गोगोरोसँगको हाम्रो रणनीतिक साझेदारी हाम्रो दृष्टिकोण– ‘गतिशीतलाको भविष्य बन्ने’ अनुरुप छ, जुन हामी आफ्नो लक्ष्य ‘सिर्जना, सहकार्य र प्रेरणा’मार्फत जीवन्त तुल्याउँदैछौँ। आज हाम्रो यात्राको अर्को महत्वपूर्ण कोशेढुंगा कायम भएको छ, जसरी हाम्रो विश्वव्यापी आकार र इनोभेसन पावरहाउससहित हामीले हीरोलाई टु ह्विलरमा अग्रणी तुल्याएका छौं, त्यसरी नै स्वापिङ व्यावसायिक मोडलमा गोगोरोले वर्षौंदेखि ताइवान र बाँकी विश्वका देशहरुमा अग्रणी प्रदर्शन गर्दै आएको छ।’

‘यो साझेदारीले हाम्रो अनुसन्धान र विकास (आरएन्डडी) हबहरू जयपुरको इनोभेसन एन्ड टेक्नोलोजी (सीआईटी) र जर्मनीको हाम्रो टेक सेन्टरमा गरिरहिएका कामलाई थप विस्तार गर्नेछ। हीरो र गोगोरोको दृष्टिकोण र प्रतिबद्धता भारत तथा विश्वभर स्मार्ट, दिगो इलेक्ट्रिक मोबिलिटीको परिवर्तनलाई गति लिने साझा लक्ष्यको पूर्ण अनुरुप छ। यस नयाँ साझेदारीका साथ पहिले भारतमा र त्यसपछि विश्वका अन्य बजारहरूमा हामी दिगो मोबिलिटीको सुरुवात गर्न प्रतिबद्ध छौँ’, उनले भने, ‘यो साझेदारीले भारत सरकारको विद्युतीकरण अभियानलाई सबल र तीब्र बनाउनेछ तथा भारतको ऊर्जा र गतिशीलताको भविष्यमा महत्वपूर्ण प्रभाव पार्नेछ।’

‘हामी सहरी गतिशीलता र स्मार्ट सहरहरूको विकासको रूपान्तरणको एक महत्वपूर्ण चरणमा छौं। भारतमा २२ करोड ५० लाख भन्दा बढी ग्यासद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधन भएको अवस्थामा स्मार्ट र दिगो विद्युतीय यातायात र नवीकरणीय ईन्धनको आवश्यकता छ’, गोगोरो इंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत होरेस ल्युकले भने, ‘हीरो–गोगोरो साझेदारीले यी चुनौतीहरूलाई सम्बोधन गर्छ तथा स्मार्ट सवारी साधन उपलब्ध गराउने गोगोरोको अग्रणी औद्योगिक नवप्रवर्तन र गोगोरो नेटवर्कको ब्याट्री स्वापिङयुक्त नवीकरणीय ऊर्जाले हीरोको बजार सबलतालाई लाभ प्रदान गर्नेछ।’

गोगोरो नेटवर्क एक हाइपर–इफिसियन्ट ब्याट्री स्वापिङ प्लेटफर्म हो जुन फ्रस्ट एन्ड सुलिभानले ‘ग्लोबल स्वापेबल ब्याट्री इलेक्ट्रिक स्कुटर मार्केट’को सन् २०२० मा कम्पनी अफ द ईयर अवार्ड सम्मानित भएको छ। ३ लाख ७५ हजार भन्दा बढी सवारी चालक (राइर्डस) र २ हजार ब्याट्री स्वापिङ स्टेसनहरूका साथमा गोगोरो नेटवर्कले दैनिक २ लाख ६५ हजार ब्याट्री स्वाप गर्दछ। आजको मितिसम्म यसले १७ करोड ४० लाखभन्दा बढी ब्याटरी स्वाप गरिसकेको छ।

गोगोरो नेटवर्क बैटरी स्वापिङ र स्मार्ट मोबिलिटी सेवाहरूको लागि खुला प्लेटफर्म हो। जसले लिगेसी ईन्धनको नयाँ विकल्प प्रदान गर्दछ।

भारतको नयाँदिल्लीमा केन्द्रीय कार्यालय रहेको हीरो मोटोकर्प एक वर्षमा एकल कम्पनीले बिक्री गरेको इकाइका आधारमा विश्वको मोटरसाइकल र स्कुटरको सबैभन्दा ठूलो निर्माता हो। यो स्थान लगातार २० वर्षदेखि कायम छ।

कम्पनीले सुरुआतदेखि कुल सञ्चित १० करोड (१०० मिलियन) भन्दा अधिक मोटरसाइकल र स्कूटर बिक्री गरेको छ। हीरो मोटोकर्पले हाल एसिया, अफ्रिका, मध्यपूर्व र दक्षिण र मध्य अमेरिकाभरि ४० भन्दा बढी देशहरूमा आफ्ना उत्पादनहरू बिक्री गर्दै आएको छ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ११ : ५३ बजे

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म

आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै

काठमाडौं–  भारतको बिहार विधानसभा चुनावको मत गणना आज हुँदैछ।  नोभेम्बर

‘भ्रष्टाचारको ट्याग हटाउन कति पटक मरौं ?’

काठमाडौं – भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशाला निर्माणमा धुर्मुस-सुन्तली

थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद

राँझा– नेपालगञ्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र