राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा « Khabarhub

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुने गरी घोषणा गरेकी हुन् ।

यस अघि मध्यरातमै बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

 

यस्तो छ राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्ति

प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको निर्वाचन मिति तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गर्न र अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्‌बाट मिति २०७८/२/८ मा निर्णय भै सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम वर्तमान् प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्नु भएको छ ।

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  २ : १४ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी