स्वास्थ्य सामग्री जुटाउन यूएईमा नेपालीले चलाए मातृभूमि सहयोग अभियान « Khabarhub

स्वास्थ्य सामग्री जुटाउन यूएईमा नेपालीले चलाए मातृभूमि सहयोग अभियान


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपालमा कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर संक्रमणले निम्तिएको स्वास्थ्य सामग्री अभाव पूर्ति गर्न यूएईमा राहत संकलन अभियान शुरू भएको छ ।

नेपालमा अक्सिजनलगायत स्वास्थ्य सामग्रीको हाहाकार भएपछि सहयोग जुटाउन यूएईस्थित नेपाली दूतावास र विभिन्न संघसस्थाहरु मिलेर कोभिड १९ संयुक्त राहत संकलन समितिमार्फत सहयोग उठाउन शुरु गरेका हुन् ।

नेपाली दूतावास अबुधावीको संरक्षकत्वमा यूएईमा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरु, ब्यवसायी, बुद्धिजीवी र श्रमिकहरुको संयुक्त प्रयासमा कोभिड-१९ मातृभूमि सहयोग अभियान संचालन गरिएको अभियानका प्रबक्ता वेद प्रसाद अर्यालले खबरहबलाई जानकारी दिए ।

“प्रबासमा रहेका हामी नेपाली श्रमिकहरुले पसिना बगाएर केही पैसा कमाए पनि अन्तत घरमा रहेका आफन्तजन र घरपरिवार नै माहामारीको कारण बिरामी छन्,’ अर्यालले भने, औषधि र अक्सिजनको अभावमा उहाँहरुको ज्यानकै खतरा भएपछि हामीले एक्लै दुःख गरेर बचत गर्नुको के अर्थ ? तपाई हाम्रा बिरामी घर परिवार, आफन्त नातागोतालाई बचाउन सकिएन भने कसलाई र कसको लागि कमाउनु” ?

सहयोग रकमले नेपालमा अभाव भईरहेको कोरोनाविरुद्धको खोप, अक्सिजन उपकरण र अन्य औषधिहरु दूतावासको मातहतमा खरिद गरी नेपाल सरकारलाई पठाइने उनले बताए ।

दुई हप्ता भित्रमा जति रकम संकलन हुन्छ नेपालमा कुन स्वास्थ्य सामग्रीको बढी आवश्यकता छ त्यो हेरेर पठाइने अभियानका लेखा प्रमुख तथा नेपाल एसोसिएसनका महासचिव नरेश सेनले बताए ।

केही दिन अघि मात्र खाडीमा काम गर्ने नेपाली श्रमिकहरुले आफ्नो गास कटाएर ७५ लाख बराबरको ५६० अक्सिजन सिलिण्डर किनेर नेपाल पठाएका थिए ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ९ : ५५ बजे

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर

रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

काठमाडौं– रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ

गगनसँग भेटेर शेखरले भने : देश र लोकतन्त्र अप्ठ्यारोमा छ, कांग्रेस मिल्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत)