स्वास्थ्य सामग्री जुटाउन यूएईमा नेपालीले चलाए मातृभूमि सहयोग अभियान | Khabarhub Khabarhub

स्वास्थ्य सामग्री जुटाउन यूएईमा नेपालीले चलाए मातृभूमि सहयोग अभियान


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपालमा कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर संक्रमणले निम्तिएको स्वास्थ्य सामग्री अभाव पूर्ति गर्न यूएईमा राहत संकलन अभियान शुरू भएको छ ।

नेपालमा अक्सिजनलगायत स्वास्थ्य सामग्रीको हाहाकार भएपछि सहयोग जुटाउन यूएईस्थित नेपाली दूतावास र विभिन्न संघसस्थाहरु मिलेर कोभिड १९ संयुक्त राहत संकलन समितिमार्फत सहयोग उठाउन शुरु गरेका हुन् ।

नेपाली दूतावास अबुधावीको संरक्षकत्वमा यूएईमा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरु, ब्यवसायी, बुद्धिजीवी र श्रमिकहरुको संयुक्त प्रयासमा कोभिड-१९ मातृभूमि सहयोग अभियान संचालन गरिएको अभियानका प्रबक्ता वेद प्रसाद अर्यालले खबरहबलाई जानकारी दिए ।

“प्रबासमा रहेका हामी नेपाली श्रमिकहरुले पसिना बगाएर केही पैसा कमाए पनि अन्तत घरमा रहेका आफन्तजन र घरपरिवार नै माहामारीको कारण बिरामी छन्,’ अर्यालले भने, औषधि र अक्सिजनको अभावमा उहाँहरुको ज्यानकै खतरा भएपछि हामीले एक्लै दुःख गरेर बचत गर्नुको के अर्थ ? तपाई हाम्रा बिरामी घर परिवार, आफन्त नातागोतालाई बचाउन सकिएन भने कसलाई र कसको लागि कमाउनु” ?

सहयोग रकमले नेपालमा अभाव भईरहेको कोरोनाविरुद्धको खोप, अक्सिजन उपकरण र अन्य औषधिहरु दूतावासको मातहतमा खरिद गरी नेपाल सरकारलाई पठाइने उनले बताए ।

दुई हप्ता भित्रमा जति रकम संकलन हुन्छ नेपालमा कुन स्वास्थ्य सामग्रीको बढी आवश्यकता छ त्यो हेरेर पठाइने अभियानका लेखा प्रमुख तथा नेपाल एसोसिएसनका महासचिव नरेश सेनले बताए ।

केही दिन अघि मात्र खाडीमा काम गर्ने नेपाली श्रमिकहरुले आफ्नो गास कटाएर ७५ लाख बराबरको ५६० अक्सिजन सिलिण्डर किनेर नेपाल पठाएका थिए ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ९ : ५५ बजे

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रे– बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा– अविरल वर्षाका कारण बाजुरा जिल्ला सदरमुकाम जोड्ने साँफे– मार्तडी

बलिउडका धेरै नायक असभ्य भएको कंगनाको आरोप

काठमाडौं – बलिउडकी अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले पुनः एकपटक

कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न सक्दैन : ऊर्जामन्त्री खड्का

काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले काम गर्ने कर्मचारीलाई

रजनीकान्त र लोकेशको ‘कुली’ले बक्स अफिसमा कायम गर्‍यो नयाँ रेकर्ड

काठमाडौं – बलिउड र दक्षिण भारतीय सिनेमाको चर्चित अभिनेता रजनीकान्त