गर्मीमा घामबाट छालालाई यसरी जोगाउनुहोस् « Khabarhub

गर्मीमा घामबाट छालालाई यसरी जोगाउनुहोस्


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्मी याममा घामले छाला डढ्नु अर्थात् सन बर्न हुनु सामान्य हो । यस्तोमा अहिलेको गर्मी मौसममा घामबाट छाला जोगाउनु निकै चुनौती हुन्छ ।

यी हुन् घामले छाला डढ्दाका (सन बर्न) लक्षण
– छाला रातो हुनु
– छुदा पोल्नु
– फोका उठ्नु
– छालामा पीडा असहनीय हुनु
– ज्वरो आउनु, वाकवाकी लाग्नु

घामले छाला डढेको देखिन केही घण्टा लाग्दछ । यस पूर्ण असर देखिन २४ घन्टासम्म लाग्न सक्छ । सामान्यतः यी लक्षण अस्थायी हुन्छन् । तर त्यसको तुलनामा छालामा भएको क्षति भने स्थायी हुन्छ र छालाको क्यान्सरजस्ता गम्भीर दीर्घकालीन असर समेत निम्त्याउन सक्छ ।

बच्ने उपाय
– घामबाट छाला जोगाउन घर बाहिर निस्कने बेला सन ब्लक क्रिम लगाउनु पर्दछ ।
– सन बर्नबाट जोगिन गर्मी याममा घरबाहिर निस्किनु पर्दा प्रशस्त पानी खाने गर्नु पर्दछ ।
– यो मौसममा अनिवार्य छाता ओढ्ने वा टोपी पहिरिने गर्नु पर्दछ ।
– कतै बाहिर निस्किनु परे पुरै हातखुट्टा छोप्ने लुगा लगाउनु पर्दछ ।
– यो मौसममा बाहिर निस्कनु परे सन ग्लास लगाउन भुल्नु हुन्न ।

हुनत हाम्रो शरीरले प्राकृतिक रूपमै म्यालेनिन तत्व उत्पन्न गर्ने गर्छ, जसले घामको दुष्प्रभावबाट जोगाउँछ । तर अति भएपछि त्यसले पनि थेग्न सक्दैन ।

मानव शरीरको छालाको रंगका लागि म्यालेनिन नै जिम्मेवार हुन्छ । छालाको रंग गाढा हुनु घामबाट जोगिने एउटा प्राकृतिक उपाय हो ।

गोरो छाला भएकाहरूमा म्यालेनिन कम हुन्छ र सन बर्नबाट उनीहरू नै बढी पीडित हुने सम्भावना हुन्छ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ३ : १५ बजे

सार्वजनिक सेवा सुधारका लागि सूचना प्रविधि अनिवार्य : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सूचना प्रविधि

पोर्चुगलमा मनाइयो बुद्धजयन्ती

पोर्चुगल – विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ

दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्राथमिकता हो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित,

म्याग्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु, १६५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने

म्याग्दी – धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका