यार्सा सङ्कलन क्षेत्रमा निःशुल्क उपचार तथा औषधि वितरण « Khabarhub

यार्सा सङ्कलन क्षेत्रमा निःशुल्क उपचार तथा औषधि वितरण


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– जिल्लाको साइपाल गाउँपलिकाका यार्सा सङ्कलन क्षेत्रमा गएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य सेवा तथा औषधि वितरण गरिएको छ ।

साइपाल गाउँपालिकाको स्वास्थ्य शाखाले यार्सा सङ्कलन क्षेत्र राइढुङ्गी, माँझा, औलागाडलगायतका ठाउँमा रहेका यार्सा सङ्कलक, अस्थायी होटल व्यवसायी तथा भेडाबाख्रा व्यवसायीलाई निःशुल्क स्वास्थ्योपचार तथा औषधि वितरण गरिएको काँडा स्वास्थ्य चौकीले जनाएको छ ।

स्वास्थ्य चौकीका अहेव लोकेन्द्र जेठाराले स्वास्थ्यकर्मीको टोलीले यार्सा सङ्कलन क्षेत्रमा रहेका प्रत्येक पालमा गएर स्वास्थ्य उपचारका साथै निःशुल्क औषधी समेत वितरण गरेको बताए ।

उनले भने, ‘यार्सा सङ्कलन क्षेत्रमा चिसोका कारण ज्वरो आउने, रुगाखोकी लाग्ने, लेक लाग्ने, ग्याष्ट्रिक हुने, हाडजोर्नी दुख्नेजस्ता समस्या भएका बिरामी देखिएका छन् । गाउँपालिकाबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य समस्या देखिएका बिरामीका लागि निःशुल्क औषधि तथा स्वास्थ्य परामर्श सेवा दिएका छौँ ।’

गाउँपालिकाले निःशुल्क स्वास्थ्य परामर्श तथा औषधि वितरण गर्न स्वास्थ्यकर्मीको टोली खटाएर राम्रो काम गरेको मष्टा गाउँपालिकाबाट यार्सा सङ्कलन गर्न औलागाड पुगेका खगेन्द्र बोहोराले बताए । उनले भने, ‘दिनानुदिन हिमपात भइरहेको छ । यार्सा सङ्कलन क्षेत्रमा फोहोर पानी खानुपर्ने बाध्यता छ । कहिलेकाहीँ त खाना पनि राम्ररी नपाकेरै खान्छौँ । कहिले हप्ता दिनसम्म पखाला चलेर पालमै बस्नुपर्ने बाध्यता हुन्छ । गाउँपालिकाले निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण गरेर आफूहरुलाई ठूलो राहत भएको छ ।’

हिमाली क्षेत्रमा यार्सा सङ्कलन तथा अन्य व्यवसाय गर्नेमध्ये सात जनाको हाडजोर्नी दुख्ने, ११ जनाको टाउको दुख्ने र अरु सामान्य ज्वरो आएका बिरामी गरी जम्मा १५० जनालाई स्वास्थ्य परामर्श तथा निःशुल्क औषधि वितरण गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ४ : ३५ बजे

सरकारविरुद्ध बोल्ने डरले प्रसाईंमाथि लगाम, प्रहरी लगाएर सिधै घरमा पुर्‍याइयो

काठमाडौं- विरोधमा बोल्ने डरले सरकारले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड 

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन

अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी

वाशिङ्टन– अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण

‘स्वास्थ्य बीमा सामाजिक सुरक्षा हो, यसलाई हटाउने कल्पना गर्न सकिँदैन’

काठमाडौं– केही दिनअघि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले एउटा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग

धरौटी नराखी व्यवसाय गर्न पाउनुपर्ने कन्सल्टेसी सञ्चालकको माग, सरकारको नयाँ नियमावलीमा असहमति

काठमाडौं– सरकारले कार्यान्वयनमा ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी