वाग्मतीमा सफाइसँगै ३३ जनाले गरे रक्तदान « Khabarhub

वाग्मतीमा सफाइसँगै ३३ जनाले गरे रक्तदान


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती सफाइ महाअभियानले आठ वर्ष पूरा गरी नवौँ वर्ष प्रवेश गरेको अवसरमा तीन सातादेखि जारी निषेधाज्ञाका कारण अप्ठ्यारोमा परेका बिरामीका लागि रक्तदान कार्यक्रम गरिरहेको छ ।

कार्यक्रममा ३३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक चक्रबहादुर चन्दले जानकारी दिए । शङ्खमूलमा रक्तदान गर्नुअघि ४१९औँ हप्ताको वाग्मती सफाइ पनि गरिएको थियो । सफाइमा १० अभियानकर्मीको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिइन ।

महाअभियान नवौँ वर्ष प्रवेश गरेका अवसरमा आज बेलुकी जुम प्रविधिबाट कोरोनाबाट बच्न के गर्ने ? के नगर्ने ? भन्ने विषयमा चिकित्सकसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

यसैगरी मनोहरा सफाइ तथा सम्पदा बचाउ नागरिक अभियानको आयोजनामा काठमाडौँ महानगरपालिका–३२ नरे फाँटस्थित लाली गुराँस स्कुल छेउको नदी किनारमा २१८औँ हप्ताको सफाइ अभियान सम्पन्न गरिएको छ । सफाइ भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको हो ।
सफाइबाट दुई गाडी फोहोर उठाइएको कार्यक्रम संयोजक चन्द्र दङ्गालले जानकारी दिए ।

भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, ललितपुरको गोदावरीखोलालगायत स्थानमा पनि सफाइ गरिएको जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान आजदेखि नवौँ वर्ष प्रवेश गरको छ ।

महाअभियान शुरु भएदेखि प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सफाइ जारी छ । जाडो, गर्मी, भूकम्प, नाकाबन्दी, कोरोना महामारी जस्ता प्रतिकूल अवस्थामा पनि महाअभियानलाई निरन्तरता दिइएको छ । महाअभियान शुरु भएपछि काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान शुरु गरिएको हो ।

यसैगरी उपत्यकाबाहिर मुख्य नदी, प्रमुख शहर र सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ । हाल देशभर १०७ भन्दा बढी स्थानमा सफाइ जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ३ : ०३ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको