भारतले नेपाल चिकित्सक संघलाई उपहार दिएको एम्बुलेन्स आजदेखि सञ्चालन | Khabarhub Khabarhub

भारतले नेपाल चिकित्सक संघलाई उपहार दिएको एम्बुलेन्स आजदेखि सञ्चालन


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय दूतावासले नेपाल चिकित्सक संघलाई उपहार दिएको एम्बुलेन्स आजदेखि सञ्चालनमा आएको छ ।

भारतीय दुतावासबाट उपहार स्वरुप उपलब्ध गराइएको बा. प्रदेश ०१ २५ च. ३६३५ नम्बरको एम्बुलेन्स २०७८ जेठ ८ गतेदेखि सञ्चालन गर्ने संघको कार्यकारिणी समितिको बैठकको निर्णय अनुसार आज संघका केन्द्रीय अध्यक्ष डा. लोचन कार्कीले उद्घाटन गरेका छन् ।

एम्बुलेन्स सेवा उद्घाटन गर्दै संघले सेवा आवश्यक पर्नेले संघका प्रशासकिय सहायक प्रवेश लामिछानेलाई ९८४००१४३०७ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

संघले एम्बुलेन्सका सवारी चालक सुरज तामाङमार्फत पनि सम्पर्क गर्न सकिने जनाएको छ । तामाङको मोवाइल नम्बर ९७४६२७१४१२ रहेको संघका महासचिव डा बद्री रिजालले जानकारी दिए ।

सुरुवाती चरणमा उक्त एम्बुलेन्स प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म मात्र संचालन गरिने रिजालले बताए ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ३ : २२ बजे

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित