राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा संकलनमा रोक « Khabarhub

राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा संकलनमा रोक


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किमाथाङका– मकालु वरुण राष्ट्रिय निकुञ्जले बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनमा यस वर्ष रोक लगाएको छ । वर्षैपिच्छे संकलन गरिँदै आएको यार्सागुम्बा कोरोना भाइरस कोभिड–१९ को जोखिम बढेपछि संकलनमा रोक लगाइएको हो ।

कोरोना भाइरस जोमिख न्यूनीकरण तथा सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर रोक लगाइएको निकुञ्ज कार्यालय सङ्खुवासभाका प्रमुख रामदेव चौधरीले जानकारी दिए ।

निकुञ्जले विगत वर्षमा यार्सागुम्बा संकलनका लागि जेठको पहिलो साता खुल्ला गर्ने गरेको थियो । निकुञ्ज कार्यालयले यस वर्ष जेठ १० गतेदेखि असार १० सम्म यार्सा संकलन गर्न खुल्ला गरेपनि कोरोना संक्रमण र लकडाउन कारण संकलनमा रोक लगाइएको हो ।

निकुञ्जको सूचना विपरित यार्सागुम्बा संकलन गर्ने गराउनेलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु ऐन २०२९ को २०३० बमोजिम कारबाही गर्ने निकुञ्जका प्रमुख चौधरीले बताए ।

यार्सागुम्बा मकालु गाउँपालिका, भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रको मकालु बरुण निकुञ्ललगायत ठाउँमा पाइन्छ । मकालुको ठूलो डाडाँ, याङ्ले सिलिचोङको सङ्खुवा भीर र भोटखालाको पोक्टीभञ्याङ, यिदुकलगायतका ठाउँमा यार्सा संकलन गरिन्छ । उच्च हिमाली क्षेत्रका बान्सिदाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा मानिन्छ ।

जिल्लामा विगत वर्षमा २० देखि २५ किलोग्राम सम्म यार्सागुम्बा संकलन हुने गरेको तथ्याङ्क छ । गुणस्तरका आधारमा एक नम्बरको यार्सागुम्बालाई केजीको ४० लाख सम्ममा बिक्री हुने गरेको भए पनि संखुवासभामा यार्सागुम्बा प्रति केजी साढे ५ लाखदेखि साढे ७ लाखसम्ममा किनबेच हुने गरेको व्यापारीको भनाइ छ । यसरी संकलन गरिएको यार्सा चीनको तिब्बती तथा काठमाडौं र तिब्बततर्फ बढी निकासी हुने गरेको छ ।

नेपालमा १० प्रजातिको पाइने गरेको भए पनि सङखुवासभा दुई प्रजातिको मात्र यार्सा पाइने गरेको निकुञ्ज कार्यालयले जनाएको छ । बहुमूल्य जडिबुटी यार्सागुम्बा विश्वका २७ देशमा पाइने गरेको छ । – रासस

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  १० : १५ बजे

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले