राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा संकलनमा रोक « Khabarhub

राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा संकलनमा रोक


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किमाथाङका– मकालु वरुण राष्ट्रिय निकुञ्जले बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनमा यस वर्ष रोक लगाएको छ । वर्षैपिच्छे संकलन गरिँदै आएको यार्सागुम्बा कोरोना भाइरस कोभिड–१९ को जोखिम बढेपछि संकलनमा रोक लगाइएको हो ।

कोरोना भाइरस जोमिख न्यूनीकरण तथा सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर रोक लगाइएको निकुञ्ज कार्यालय सङ्खुवासभाका प्रमुख रामदेव चौधरीले जानकारी दिए ।

निकुञ्जले विगत वर्षमा यार्सागुम्बा संकलनका लागि जेठको पहिलो साता खुल्ला गर्ने गरेको थियो । निकुञ्ज कार्यालयले यस वर्ष जेठ १० गतेदेखि असार १० सम्म यार्सा संकलन गर्न खुल्ला गरेपनि कोरोना संक्रमण र लकडाउन कारण संकलनमा रोक लगाइएको हो ।

निकुञ्जको सूचना विपरित यार्सागुम्बा संकलन गर्ने गराउनेलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु ऐन २०२९ को २०३० बमोजिम कारबाही गर्ने निकुञ्जका प्रमुख चौधरीले बताए ।

यार्सागुम्बा मकालु गाउँपालिका, भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रको मकालु बरुण निकुञ्ललगायत ठाउँमा पाइन्छ । मकालुको ठूलो डाडाँ, याङ्ले सिलिचोङको सङ्खुवा भीर र भोटखालाको पोक्टीभञ्याङ, यिदुकलगायतका ठाउँमा यार्सा संकलन गरिन्छ । उच्च हिमाली क्षेत्रका बान्सिदाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा मानिन्छ ।

जिल्लामा विगत वर्षमा २० देखि २५ किलोग्राम सम्म यार्सागुम्बा संकलन हुने गरेको तथ्याङ्क छ । गुणस्तरका आधारमा एक नम्बरको यार्सागुम्बालाई केजीको ४० लाख सम्ममा बिक्री हुने गरेको भए पनि संखुवासभामा यार्सागुम्बा प्रति केजी साढे ५ लाखदेखि साढे ७ लाखसम्ममा किनबेच हुने गरेको व्यापारीको भनाइ छ । यसरी संकलन गरिएको यार्सा चीनको तिब्बती तथा काठमाडौं र तिब्बततर्फ बढी निकासी हुने गरेको छ ।

नेपालमा १० प्रजातिको पाइने गरेको भए पनि सङखुवासभा दुई प्रजातिको मात्र यार्सा पाइने गरेको निकुञ्ज कार्यालयले जनाएको छ । बहुमूल्य जडिबुटी यार्सागुम्बा विश्वका २७ देशमा पाइने गरेको छ । – रासस

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  १० : १५ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये