गणतन्त्रमा सम्मान दर्जाले होइन, कामले आर्जन गर्ने हो कमरेड ! : गगन थापा « Khabarhub

गणतन्त्रमा सम्मान दर्जाले होइन, कामले आर्जन गर्ने हो कमरेड ! : गगन थापा


८ जेष्ठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले राष्ट्रपतिप्रति प्रयोग भएको सम्बोधनको शब्दमा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको असन्तुष्टिको आलोचना गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा संसद विघटन गरी चुनाव घोषणा गरेपछि विपक्षी दल कांग्रेसले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिलाई तिमी भनिएको प्रति प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरेका थिए ।

राष्ट्रपतिलाई तिमी भनेकोमा प्रधानमन्त्रीको चित्त दुखेको भन्दै थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘गणतन्त्रमा सम्मान दर्जाले होइन, कामले आर्जन गर्ने हो कमरेड !’

उनले सम्माननीय राष्ट्रपतिबाट तपाईं हुँदै तिमीमा कसले ओरालेको ? भनेर प्रश्न पनि गरेका छन् ।

थापाले लेखेका छन्, ‘राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ,बिचरा !
गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड !!
“सम्माननीय राष्ट्रपति”बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको ?
आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो ।’

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ८ : ५५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस