आन्दोलन होइन अब चुनावमा जाऔँ : बिजुक्छेँ | Khabarhub Khabarhub

आन्दोलन होइन अब चुनावमा जाऔँ : बिजुक्छेँ


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले अब सबै पक्ष चुनावमा केन्द्रित हुनुपर्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मङ्सिर ३ का लागि निर्वाचनको घोषणा गरेकोमा त्यसको विरोध गर्नुको कुनै अर्थ नभएको उनले बताए ।

नेमकिपाले निर्वाचनको पहिला पनि स्वागत गरेको र अहिले पनि स्वागत गर्छ भन्दै अध्यक्ष बिजुक्छेले भने, “सबै दलहरुमा अनुशासन भंग भयो, शासक दलहरु यसको मुख्य जिम्मेवार हुन्, यी दलहरुलाई अनुशासनमा ल्याउन पनि चुनावमा जानै पर्छ, चुनावको हाम्रो पार्टी स्वागत गर्छ, अब स्थिरताका लागि पनि चुनावमा जानै पर्छ ।”

उनले भने , “हामीले अघिल्लो पटक पनि चुनावमा गएर निकास दिनु पर्छ भनेकै हो, अदालतले बुझेन वा दलहरुलाई ठाउँमा ल्याउन सकिन्छ कि भनेर संसद पुर्नस्थापना गरिदिएको होला, तर परिस्थितिले फेरी चुनावमा नै जाने गरी त्यही ठाउँमा ल्याइदियो, अब यसको विकल्प छैन ।”

जनताले भनेको मान्नुपर्ने बताउदै चुनावबाटै जनताको मत र आदेश लिएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ । चुनावको विरोध गर्छु, आन्दोलन गर्छौ भन्नुको अर्थ छैन भन्दै अध्यक्ष बिजुक्छेले भने , “देशलाई यथास्थितिमा राखेर छ–छ महिनामा आफू पनि सरकारको नेतृत्वमा जाने योजना बनाएकाहरुले त्यो नपाए पनि विरोध गरेका होलान्, सरकारमा जाने बाटो त चुनावपछि पनि छँदैछ जनतासँग मत लिन तोकिएकै मितिमा निर्वाचन गराउन सरकारलाई सचेत गराउनुपर्छ ।’’

दलहरु कोभिड–१९ नियन्त्रणमा सक्रिय हुनुपर्नेमा त्यसतर्फ चासो नदिएको भन्दै उनले भारतमा कोरोना महामारी फैलिरहँदा नेपालको दक्षिण सीमामा क्वारेन्टिन बनाउनुपर्ने, दलहरुले आफ्ना कार्यकर्तालाई स्वयंसेवकका रुपमा कोभिड नियन्त्रणका लागि परिचालन गर्नुपर्नेमा त्यसो गर्न नसक्दा जनताको ज्यान गएको बताए ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ९ : २० बजे

पाकिस्तानको खैबर पख्तुनख्वाका शिक्षक आन्दोलित

काठमाडौं – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका शिक्षकआन्दोलित भएका छन् ।

खोटाङमा नदी आसपासका स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले नदी आसपासमा बसोबास गर्ने

ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं – क्यानडामा जारी टी ट्वान्टी सिरिजको आफ्नो अन्तिम खेलमा

जनार्दन पक्षका विद्यार्थी भन्छन् : सम्मेलन बिथोल्न प्रचण्डकै भूमिका छ

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (अखिल क्रान्तिकारी)को २३

१६ बर्षपछि पर्दामा निरुता सिंह र उत्तम प्रधानको जोडी

काठमाडौं – अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधानको जोडी