प्रदेशसभा सदस्यलाई कारबाही गर्ने अधिकार मुख्यमन्त्री पौडेललाई « Khabarhub

प्रदेशसभा सदस्यलाई कारबाही गर्ने अधिकार मुख्यमन्त्री पौडेललाई


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी(एमाले) वाग्मती प्रदेशसभाको संसदीय बोर्डले स्पष्टीकरण सोधिएका १४ प्रदेशसभा सदस्यको जवाफ चित्तबुझ्दो नभए वा स्पष्टीकरण नबुझाएमा कारबाही गर्ने अधिकार संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेललाई दिने निर्णय गरेको छ ।

बोर्डको आजको बैठकले स्पष्टीकरण नसोधिएका संसदीय दलका अन्य सदस्यले समेत अनुशासनविपरीत कार्य गरेको पाइएमा त्यस्ता सदस्यलाई कारवाही गर्ने अधिकार बोर्डका अध्यक्ष तथा मुख्यमन्त्री पौडेललाई दिएको छ ।

बैठकले यही जेठ ७ गते भएको राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उमेदवार रामबहादुर थापा ‘बादल’ प्रति अन्तरघात गरेको भन्दै प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, वसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, मुनु सिग्देल, कुसुम कार्की, मीना ज्ञवाली, शान्तिप्रसाद पौडेल, रचना खड्का, कृष्ण खनाल, वसन्त मानन्धर, इन्द्रमाया गुरुङ र पार्वती सिलवाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ९ : ४५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना