रोल्पामा आधुनिक हतियारको ठूलो परिमाणमा म्याग्जिन र गोली बरामद « Khabarhub

रोल्पामा आधुनिक हतियारको ठूलो परिमाणमा म्याग्जिन र गोली बरामद


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पामा ठूलो परिमाणमा आधुनिक हतियारको म्याग्जिन र गोली बरामद भएको छ । त्रिबेणी गाउँपालिका ३ रामपुरस्थित सामुदायिक वन नजिकै रहेको बास घारीमा प्लास्टिकमा पोको पारी बासको पातले छोपेर लुकाई राखेको अवस्थामा सुरक्षा निकायले ठूलो परिमाणमा अत्याधुनिक हतियारका म्याग्जिन र गोली बरामद गरेको हो ।

रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार एसएमजी म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान बरामद भएको हो । त्यसैगरि एके ४७ को गोली ७ सय ५२ थान, ७.६२ मिमिको गोली २ सय ८ राउन्ड र ९ एमएमको गोली १० राउन्ड गरि ९ सय ७० राउन्ड गोली बरामद भएको छ ।

उक्त स्थानमा हतियार रहेको गोप्य सूचना रोल्पास्थित बटुक दल गणले प्राप्त गरेपछि सेना हुँदै जिल्लाको सुरक्षा निकायसम्म खबर पुगेको थियो । सेनाका अनुसार दक्षिण रोल्पाको दहबनस्थित रहेको बटुक दलको गुल्मसम्म गोप्य सूचना आएको थियो । ‘हामी कहाँ सूचना आएको थियो । त्यहि आधारमा हामीले हतियार बरामद गरेका हौ,’ बटुक दलका गणपती अरुण श्रेष्ठले भने, ‘यो विषयमा थप अनुसन्धान हुँदैछ ।’

रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले बरामद गरिएका हतियार धेरै पुरानो नभएर नयाँ जस्तो देखिएको बताएका छन् । रोल्पामा पटक पटक ठूलो परिमाणमा हतियार बरामद हुने गरेको छ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ९ : ५९ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको

बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

पर्सा– यहाँका पालिका, विभिन्न सामाजिक सङ्घसंस्था र उद्योगपति तथा समाजसेवीले

एआई तस्बिर प्रयोग गरी देवीघाटको एक्रोब्रिज बनिसकेको भन्दै जसले छरे भ्रम !

काठमाडौं– नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि निर्माणाधीन एक्रोब्रिज तयार भइसकेको भन्दै

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान– युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि लामो