रोल्पामा आधुनिक हतियारको ठूलो परिमाणमा म्याग्जिन र गोली बरामद « Khabarhub

रोल्पामा आधुनिक हतियारको ठूलो परिमाणमा म्याग्जिन र गोली बरामद


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पामा ठूलो परिमाणमा आधुनिक हतियारको म्याग्जिन र गोली बरामद भएको छ । त्रिबेणी गाउँपालिका ३ रामपुरस्थित सामुदायिक वन नजिकै रहेको बास घारीमा प्लास्टिकमा पोको पारी बासको पातले छोपेर लुकाई राखेको अवस्थामा सुरक्षा निकायले ठूलो परिमाणमा अत्याधुनिक हतियारका म्याग्जिन र गोली बरामद गरेको हो ।

रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार एसएमजी म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान बरामद भएको हो । त्यसैगरि एके ४७ को गोली ७ सय ५२ थान, ७.६२ मिमिको गोली २ सय ८ राउन्ड र ९ एमएमको गोली १० राउन्ड गरि ९ सय ७० राउन्ड गोली बरामद भएको छ ।

उक्त स्थानमा हतियार रहेको गोप्य सूचना रोल्पास्थित बटुक दल गणले प्राप्त गरेपछि सेना हुँदै जिल्लाको सुरक्षा निकायसम्म खबर पुगेको थियो । सेनाका अनुसार दक्षिण रोल्पाको दहबनस्थित रहेको बटुक दलको गुल्मसम्म गोप्य सूचना आएको थियो । ‘हामी कहाँ सूचना आएको थियो । त्यहि आधारमा हामीले हतियार बरामद गरेका हौ,’ बटुक दलका गणपती अरुण श्रेष्ठले भने, ‘यो विषयमा थप अनुसन्धान हुँदैछ ।’

रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले बरामद गरिएका हतियार धेरै पुरानो नभएर नयाँ जस्तो देखिएको बताएका छन् । रोल्पामा पटक पटक ठूलो परिमाणमा हतियार बरामद हुने गरेको छ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ९ : ५९ बजे

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ

गड्यौलाकाे मल बेचेर २५ लाखसम्म आम्दानी

दाङ–  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिसभा