जसपामा ठाकुर–महतो समूहमाथि कारबाही थालियो, स्पष्टीकरण सोध्ने निर्णय « Khabarhub

जसपामा ठाकुर–महतो समूहमाथि कारबाही थालियो, स्पष्टीकरण सोध्ने निर्णय


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव समूहको कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुर-राजेन्द्र महतोलगायतका नेताहरूमाथि कारवाही थालेको छ ।

शनिबार अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकबाट पार्टी निर्णय विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउन लागिपरेको भन्दै ठाकुर समूहका सांसददेखि नेताहरूलाई कारवाही गर्ने उद्देश्यले स्पष्टीकरण सोध्ने निर्णय भएको कार्यकारिणी सदस्य रेणु यादवले जानकारी दिइन् ।

यादवको बहुमत केन्द्रीय कार्यसमितिको बैठकले अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई विधान अनुसार कारबाही प्रक्रिया थाल्ने निर्णय गरेको हो ।

त्यस्तै पार्टीको निर्णय विपरीत संसदीय दलको नेता गठन गरिएको भन्ने कुरालाई पनि यादव समूहले गलत रहेको ठहर गरिएको छ । ५१ सदस्यीय कार्यकारिणी समितिको बैठकमा ३० जना भौतिक रुपले उपस्थित रहेको तथा २ जना भर्चुअल रुपमा सहभागी भएको बताइएको छ ।

साथै, एकलौटी रुपमा संविधान संशोधनका लागि बनाइएको कार्यदललाई पनि यादव पक्षको बैठकले खारेज गरेको छ । सरकारले मन्त्रिपरिषदको बैठकबाट ५ सदस्यीय कार्यदल गठन गरेअनुसार उक्त कार्यदलमा ठाकुर पक्षले सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पठाएको थियो ।

जसपामा ठाकुर र यादव अध्यक्ष रहेका छन् भने डा बाबुराम भट्टराई संघीय परिषद् अध्यक्ष रहेका छन् । जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय रहेको छ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  १० : २३ बजे

मन्त्रीहरूलाई रिबन काट्न र भाषणबाजी गर्न निषेध !

काठमाडौं- अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व रवि लामिछानेले गरिरहेका छन्

जलवायुमैत्री खेती लगाउन सिक्दै किसान

टीकापुर– कैलालीका किसान जलवायुमैत्री खेतीमा प्रोत्साहित भइरहेका छन् । विभिन्न

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर– यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको रूपमा

सुकुम्वासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु

भक्तपुर– सुकुम्वासीका अस्थायी शिविर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज