यसरी थाहा पाउनुहोस् रक्तचापको श्रेणी « Khabarhub

यसरी थाहा पाउनुहोस् रक्तचापको श्रेणी



रक्तनलीमा रगत बग्दा रगतद्वारा रक्तनलीहरूको भित्तामा दिइएको दवाब (चाप) लाई रक्तचाप भनिन्छ । यो चाप मुटु खुम्चिएर रक्तनलीमा धेरै रगत प्रवाह हुँदा धेरै र मुटु फैलिएर विश्राम गर्दा कम हुने गर्दछ जसलाई क्रमशः सिस्टोलिक र डाएस्टोलिक रक्तचाप भन्निछ ।

क्रियात्मक रूपले स्वास्थ्य व्यक्तिमा सिस्टोलीक ९०–१२० एम्.एम्.एच्.जी. र डाएस्टोलीक ६० – ८० एम्.एम्.एच्.जीलाई सामान्य रक्तचाप मानिन्छ ।

यदि रक्तचापले यी मान बिन्दुहरू नाघेर तल झरी सिस्टोलिक ९० एम्.एम्.एच्.जी. र डाएस्टोलिक ६० एम्.एम्.एच्.जी भन्दा कम भएको अवस्था लाई निम्न रक्तचाप भनिन्छ । सिस्टोलीक रक्तचाप बढेर १२०– १३९ एम्.एम्.एच्.जी र डाएस्टोलिक रक्तचाप बढेर ८०– ८९ एम्.एम्.एच्.जी सम्म पुगे एसलाई पूर्वउच्चरक्तचाप (रक्तचापको सुरुवाती अवस्था) भनिन्छ ।

तर, यदि रक्तचापले यी मानबिन्दुहरु पनि नाघेर उभो लागे भने यस्तो अवस्थालाई उच्च रक्तचाप भनिन्छ । उच्च रक्तचापको अबस्थालाई पनि प्रथम द्वितीय र तृतीय गरी तीन श्रेणीमा विभक्त गरिएको छ ।

सिस्टोलीक १४०– १५९ र डाएस्टोलीक ९०– ९९ एम्.एम्.एच्.जी भित्रभए प्रथम श्रेणीको रक्तचाप मानिन्छ भने सिस्टोलीक १६० – १८९ र डाएस्टोलीक १००– १०९ एम्.एम्.एच्.जी भित्रभए द्वितीय श्रेणीको रक्तचाप मानिन्छ । तर यदि रक्तचाप अझै बढ्दै गएर सिस्टोलीक १८० र डाएस्टोलीक ११० एम्.एम्.एच्.जी भन्दा माथि भए तृतीय श्रेणीको उच्च रक्तचाप भएको मानिन्छ ।

उच्चरक्तचापले कुनै पनि लक्षण नदेखाइक नै विरामीका प्रमुख अंगहरु मुटु, मिर्गौला, आँखा, दिमाग आदीलाई क्रमिक रुपले खतम पार्दै लान्छ र विरामीलाई मृत्युको मुखमा पुर्‍याउँदछ । यसै कारण उच्च रक्तचापलाई सुषुप्त हत्याराको संज्ञा दिइएको छ ।

उच्च रक्तचापको नियन्त्रण गर्न सके ठूलो खतराबाट जोगिन सकिन्छ र नियन्त्रण को पहिलो आयाम भनेकै रक्तचाप जचाँउनु हो । रगत जचाइँसकेपछि आफ्नो रक्तचापको स्तर (श्रेणी) थहा पाउनुहोस् र यथोचित उपचार को लागि मुटुरोग बिशेषज्ञलाई सम्पर्क गर्नुहोस् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ६ : ०५ बजे

बजेट कार्यान्वयनमा कुनै समस्या आउँदैन : मन्त्री लिङ्थेप

काठमाडौं– कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुर कुमार लिङ्थेपले

ट्राफिक नियम उल्लङ्घनमा कडाइ गर्न ५ हजारदेखि ५० हजारसम्म जरिवानाको प्रस्ताव

काठमाडौं– पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक नियम उल्लङ्घनमा

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन स्थल फेरियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्

वाशिङ्टन- इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती– मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता