यसरी थाहा पाउनुहोस् रक्तचापको श्रेणी | Khabarhub Khabarhub

यसरी थाहा पाउनुहोस् रक्तचापको श्रेणी



रक्तनलीमा रगत बग्दा रगतद्वारा रक्तनलीहरूको भित्तामा दिइएको दवाब (चाप) लाई रक्तचाप भनिन्छ । यो चाप मुटु खुम्चिएर रक्तनलीमा धेरै रगत प्रवाह हुँदा धेरै र मुटु फैलिएर विश्राम गर्दा कम हुने गर्दछ जसलाई क्रमशः सिस्टोलिक र डाएस्टोलिक रक्तचाप भन्निछ ।

क्रियात्मक रूपले स्वास्थ्य व्यक्तिमा सिस्टोलीक ९०–१२० एम्.एम्.एच्.जी. र डाएस्टोलीक ६० – ८० एम्.एम्.एच्.जीलाई सामान्य रक्तचाप मानिन्छ ।

यदि रक्तचापले यी मान बिन्दुहरू नाघेर तल झरी सिस्टोलिक ९० एम्.एम्.एच्.जी. र डाएस्टोलिक ६० एम्.एम्.एच्.जी भन्दा कम भएको अवस्था लाई निम्न रक्तचाप भनिन्छ । सिस्टोलीक रक्तचाप बढेर १२०– १३९ एम्.एम्.एच्.जी र डाएस्टोलिक रक्तचाप बढेर ८०– ८९ एम्.एम्.एच्.जी सम्म पुगे एसलाई पूर्वउच्चरक्तचाप (रक्तचापको सुरुवाती अवस्था) भनिन्छ ।

तर, यदि रक्तचापले यी मानबिन्दुहरु पनि नाघेर उभो लागे भने यस्तो अवस्थालाई उच्च रक्तचाप भनिन्छ । उच्च रक्तचापको अबस्थालाई पनि प्रथम द्वितीय र तृतीय गरी तीन श्रेणीमा विभक्त गरिएको छ ।

सिस्टोलीक १४०– १५९ र डाएस्टोलीक ९०– ९९ एम्.एम्.एच्.जी भित्रभए प्रथम श्रेणीको रक्तचाप मानिन्छ भने सिस्टोलीक १६० – १८९ र डाएस्टोलीक १००– १०९ एम्.एम्.एच्.जी भित्रभए द्वितीय श्रेणीको रक्तचाप मानिन्छ । तर यदि रक्तचाप अझै बढ्दै गएर सिस्टोलीक १८० र डाएस्टोलीक ११० एम्.एम्.एच्.जी भन्दा माथि भए तृतीय श्रेणीको उच्च रक्तचाप भएको मानिन्छ ।

उच्चरक्तचापले कुनै पनि लक्षण नदेखाइक नै विरामीका प्रमुख अंगहरु मुटु, मिर्गौला, आँखा, दिमाग आदीलाई क्रमिक रुपले खतम पार्दै लान्छ र विरामीलाई मृत्युको मुखमा पुर्‍याउँदछ । यसै कारण उच्च रक्तचापलाई सुषुप्त हत्याराको संज्ञा दिइएको छ ।

उच्च रक्तचापको नियन्त्रण गर्न सके ठूलो खतराबाट जोगिन सकिन्छ र नियन्त्रण को पहिलो आयाम भनेकै रक्तचाप जचाँउनु हो । रगत जचाइँसकेपछि आफ्नो रक्तचापको स्तर (श्रेणी) थहा पाउनुहोस् र यथोचित उपचार को लागि मुटुरोग बिशेषज्ञलाई सम्पर्क गर्नुहोस् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ६ : ०५ बजे

डोटी र डडेल्धुराका केही भूभागमा भारी वर्षा, सतर्कता अपनाउन अपिल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पछिल्लो

पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पत्रकार

संघीयता सबलीकरण र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका सङ्घीयता सबलीकरण तथा राष्ट्रिय

अनेरास्ववियुमा चरम गुटबन्दी, सरकारी टोली नै दुई गुटमा विभाजित

काठमाडौं– सत्तारूढ नेकपा एमालेको विद्यार्थी सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी

दूध र मह बिक्रीबाट मनग्य आम्दानी

बागलुङ- बसाइँसराइले उजाडिएको जैमिनी नगरपालिका–८ को छिस्ती फुर्केसल्ला गाउँ ।