बालिकालाई यौन दुर्व्यवहारपछि हत्या गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

बालिकालाई यौन दुर्व्यवहारपछि हत्या गरेको आरोपमा दुई जना पक्राउ


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – गोठाला गएकी एक बालिकालाई यौन दुर्व्यवहार गरेर हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेल बस्ने रामउदगार यादवकी नौ वर्षीया छोरी शिवानीकुमारीको हत्या आरोपमा स्थानीय १९ वर्षीय रोहितकुमार यादव र राजु यादवलाई पक्राउ गरिएको हो ।

हँसियाले घाँटी रेटेर हत्या गरिएका अवस्थामा गत शुक्रबार शिवानीको शव हटेल पुवरिया टोलस्थित फूलबारीमा फेला परेको थियो।

यौन दुव्यर्वहारपछि हत्या गरेका आरोपमा रोहितलाई पक्राउ गरेपछि थप अनुसन्धानका लागि राजुलाई पनि सोधपुछ गर्न नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

हत्याका मुख्य आरोपित रोहित भएको खुलिसकेको र सहयोगीहरु हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  १० : १५ बजे

आईपीएल : सनराइजर्स हैदराबादको पहिलो जित, कोलकाता ६५ रनले पराजित

कोलकाता- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौँ – प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय