काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञा थप खुकुलो, के गर्न पाइने, के नपाइने ?  (आदेशसहित) « Khabarhub

काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञा थप खुकुलो, के गर्न पाइने, के नपाइने ?  (आदेशसहित)


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा आजबाट थप खुकुलो पारिएको छ ।

आजदेखि नीजि सवारी साधनमा जोर विजोर प्रणाली लागू गरी सञ्चालन गर्न दिइएको छ । नीजि सवारी साधनहरु ट्याक्सी र मोटरसाइकल/स्कुटी जोर बिजोर प्रणाली लागू गरी सञ्चालन गर्न दिइएको हो । त्यस्तै पसलहरुलाई बिहान ११ बजेदेखि ४ बजेसम्म बार अनुसार सञ्चालन गर्न दिइने निर्णय भएको छ ।

यसैगरी आइतबार, मंगलबार र बिहीवार सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल(मोबाइल तथा कम्युटर पसल) खोल्न दिइनेछ ।

सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्टल स्टोर(ग्रोसरी बाहेक अन्य), सपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम र टेलरिङ खुल्न दिइने निर्णय भएको छ ।

त्यस्तै खाद्यान्न, दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पुजा सामग्री विक्रि गर्ने पसलहरु तथा डिपार्टमेन्टल स्टोर(ग्रोसरी), पुस्तक पसल/स्टेशनरी पसल दैनिक ११ बजेसम्म खोल्न दिइनेछ ।

निर्माणजन्य सामग्रीको पसल बिहान ११ बजेदेखि अपरान्ह ६ बजेसम्म र अनलाइन डेलिभरी/टेक अवे र सवारी साधन मर्मत वर्कशप साँझ ७ बजेसम्म खोल्न दिइने छ ।

विकास निर्माण र सर्वाजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्डहरुको पालना हुने व्यवस्था मिलाई आलोपालो प्रणाली कायम गरी न्युनतम जनशक्ति प्रयोग गरी सेवा प्रवाह सुचारु गर्ने निर्णय पनि भएको छ ।

यी क्षेत्रमा प्रतिबन्ध कायमै

भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको विगतको व्यवस्था कायमै रहने भएको छ।

फुटपाथ र खुला ठाउँमा हुने व्यापारलाई पनि रोक लगाइएको छ। होटल तथा पार्टी प्यालसेमा हुने विवाह व्रतवन्धलाई पनि रोक लगाइएको छ। नित्यकर्म बाहेकका धार्मिक कार्यक्रममा पनि सञ्चालन गर्न पाइने छैन। भौतिक उपस्थितिमा पठनपाठन पनि गर्न नपाइने आदेशमा उल्लेख छ।

यस्तै, सार्वजनिक सवारीका साधनहरुको सञ्चालनमा पनि रोक लगाइएको छ। अत्यवश्यक सावारी, एम्बुलेन्स, स्वास्थ्यकर्मी पशु स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेकका अन्य जिल्लाबाट पास बिहिन सवारीका साधान काठमाडौं उपत्यकामा प्रवेश रोक लगाइेको छ।

यस्तो छ जिल्ला प्रशासनद्वारा जारी आदेश

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ७ : ५४ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा